Showing posts with label Chatpate News. Show all posts
Showing posts with label Chatpate News. Show all posts

February 13, 2010

क्रिकेटरसँग नजिकिए नायिकाहरू


क्रिकेटरहरू बलिउडका नायिकाहरूसँग नजिकिनु नौलो विषय होइन, तर ताजा जानकारीअनुसार पछिल्लो पटक बलिउडका चारजना नायिका क्रिकेटरहरूसँग 'डेटिङ' गैरहेका छन् ।

समिरा रेड्डी र इशान्त शर्मा ः गत वर्षको आईपीएल म्याचदेखि भारतीय क्रिकेट टिमका राइट आर्म फास्ट बलर इशान्त शर्माको व्यक्तित्वबाट प्रभावित नायिका समिरा रेड्डी उनीसँग प्रेम गर्न थालेकी छिन् । समाचारमा जनाएअनुरूप आइपीएलको म्याचबाट फुर्सद मिलाएर यी दुई 'डेटिङ' जान्थे । समिराले भने उक्त समाचारलाई गलत बताइरहेकी छिन् ।

श्रीया शरण र श्रीसन्थ ः 'तुझे मेरो कसम', 'थोडा तुम बदलो थोडा हम', 'शुक्रिया', 'आवारापन', 'मिशन इस्तानबुल', 'एक' जस्ता हिन्दी चलचित्र तथा दर्जनौं दक्षिण भारतीय चलचित्रकी नायिका श्रीया शरणको भारतीय क्रिकेटर श्रीसन्थसँग प्रेम सम्बन्ध रहेको चर्चा छ । यद्यपि एउटा क्रिकेट कार्यक्रममा बलिउड नायिका मिनिषा लाम्बाले श्रीसन्थलाई चुम्बन गरेपछि मानिसहरूले श्रीसन्थप्रति शंका गर्न थालेका छन् ।

विद्या बालन र जाहिर खान ः पछिल्लो खबरअनुसार भारतीय क्रिकेटका फास्ट बलर जाहिर खानसँग विद्या बालनको अफेयर चलिरहेको छ । ट्वेन्टी-ट्वेन्टी म्याच प्रत्यक्ष हेरेपछि जाहिरको डाइहार्ट फ्यान भएकी विद्याले त्यसपछि भनिन्- 'जाहिर इज द हटेस्ट क्रिकेटर अन द ब्लक ।' विद्याले उनलाई मन पराए पनि जाहिरको प्रेम भने 'लक बाइ चान्स' की नायिका इशा सर्वानीसँग छ ।

अमृता अरोरा र उस्मान अफजल ः लन्डन बसिरहेका पाकिस्तानी क्रिकेट टिमका लेफ्ट ह्यान्ड बलर उस्मान अफजलको बलिउडकी नायिका अमृता अरोरासँगको प्रेमका किस्सा निकै सुनिन्छ । उनीहरूबीच सम्बन्ध टुक्रिएको हल्ला चले पनि अमृता बेलाबखत उस्मानलाई भेट्न लन्डन गैरहन्छिन् । अमृताले पनि उनीहरूको ब्रेकअपको हल्ला गलत भएको बताएकीले उनीहरू अझैं प्रेममै रहेको प्रमाणित भएको छ ।

दीपिका र युवराज ः दीपिका पादुकोण रणवीर कपुरबाट अलग भएपछि एक्लो भइन् । भारतीय क्रिकेटका चर्चित खेलाडी युवराजसिंह पनि प्रीति जिन्टासँग सम्बन्ध तोडेपछि एक्ला थिए । त्यसैले दीपिका र युवराज 'डेटिङ' जान थाले । फेरि उनीहरूको सम्बन्धमा चिसो पस्यो । उनीहरू अलग भए । पछिल्लो खबरअनुसार वर्ष २००९ मा टुक्रिएको युवराज र दीपिकाको सम्बन्ध वर्ष २०१० मा फेरि जोडिँदैछ ।

December 2, 2009

अन्तर्वाता--गलत बाटोमा लाने सबै कुरा छाड्ने प्रयासमा छु


सन् १९९७ अघि झरना बज्राचार्य आमकिशोरीझैं एउटी चुलबुले केटी मात्र थिइन्। त्यसै वर्ष भएको मिस नेपाल प्रतियोगिताले उनलाई मिस वल्र्डमा भाग लिने बाटो खोलिदियो। त्यसपछि उनी अचानक ग्ल्यामरको संसारमा प्रवेश गरिन्। त्यसयताका १२ वर्षमा झरनाले २८ वटा नेपाली चलचित्रमा काम गरिन्। ५० भन्दा बढी म्युजिक खेलिन् भने मोडलिङको अनुभव पनि लिइन्। तीन वर्षअघि हिन्दी चलचित्र ँलभ इन नेपाल’ मा काम गरेपछि झरना बलिउड चलचित्र उद्योगमा संघर्ष गर्न मुम्बई पुगिन्। अढाई वर्ष मुम्बई बसे पनि उनको कुनै विशेष काम देखिएन। बरु अचानक एक जना युरोपियन युवकसँग इंगेजमेन्ट भएको खबरले महत्व पायो। इंगेजमेन्ट भएको एक वर्ष बित्न लाग्दा पनि झरनाको विवाह भने भएको छैन। बरु अहिले उनी बौद्ध भिक्षुणी हुन लागेको खबरले बजार तातेको छ। १२ वर्षमा खोलो र्फकन्छ भन्ने उखान उनको जीवनमा मेल खाएको हो ? साप्ताहिकले यसपटक झरनासँग जीवनका आरोह-अवरोहका विषयमा कुरा गर्ने मुड बनायो। काठमाडौंको सीतापाइलाबाट २ किलोमिटर पश्चिम एकान्तवासमा रहेकी झरनालाई भेट्दा उनी फेरी १२ वर्षअघिकै साधारण युवतीको भेषमा भेटिइन्।



अनुहार, पहिरन र वरपरको वातावरण सबैले तपाईं एउटी ग्रामीण युवतीझैं देखिनुभएको छ, एउटी ग्ल्यामरस हिरोइनको कुनै चिह्न देखिँदैन नि ?

हिरोइन झरना बज्राचार्य स्त्रिmप्टकी कलाकार हो । उसले त्यहाँ त्यही रूपमा देखिनुपर्छ । मानिसको कल्पनामा पनि त्यही छवि छ, तर म यतिखेर आफ्नो घरमा छु । यो पारिवारिक रूप हो ।

बजारमा तपाईं बौद्ध भिक्षुणी हुन लागेको हल्ल्ाा छ, यो सादगी त्यसैको अभ्यास हो ?

म भिक्षुणी हुन लागेकी होइन । न त त्यसको अभ्यास नै गरिरहेकी छु । ध्यानी, ज्ञानी एव्ां जीवन बुझ्ने प्रयास गर्नु भिक्षुणी हुन खोज्नु होइन । म बेला-बेलामा विपश्यना ध्यानमा जान्छु । त्यहाँ सिकेका कुरा घरमा लागू गर्ने प्रयास गरिरहेकी छु । सबैभन्दा ठूलो कुरा म आफूलाई चिन्ने प्रयास गरिरहेकी छु ।

तपाईं झरना बज्राचार्य, यसमा चिन्न बाँकी के छ र ?

म केही वर्षअघिसम्म अनजान जीवन बाँचिरहेकी रहेछु । चलचित्रमा देखिनु, मानिसले राम्रो भन्नु, अबेरसम्म पार्टीमा रम्नु, रमाइलो गर्नु नै जीवन हो भन्ने लाग्थ्यो । महत्त्वाकांक्षा पाल्नु र त्यहाँ पुग्नु नै मेरो लक्ष्य थियो । त्यसका लागि म जस्तोसुकै दुःख झेल्न तयार थिएँ ।

एउटी साधारण युवतीमा कुन बेलादेखि महत्त्वाकांक्षा पलाउँदो रहेछ ?

सामान्यतः अरूले बढी आशा राखिदिँदा मानिस महत्त्वाकांक्षी हुँदो रहेछ । मेरो हकमा के भयो भने म मिस नेपाल भएँ । त्यसैबेला नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्डमा भाग लिनुपर्ने भयो । प्रेसले एकैपटक मिस वल्र्ड नेपालका रूपमा मलाई यति हाइलाइट गरिदिए कि म पुरानो झरना रहिनँ । सबैले झरनाले केही गर्नुपर्छ, नेपालको नाम राख्नुपर्छ भन्ने आशा गर्न थाले । म अरूका लागि बाँच्न थालें, अरूका लागि नै काम गर्न थालें । सँगै नाम र दाम पनि आउन थाल्यो । यसले मलाई अझ महत्त्वाकांक्षी बनायो । त्यसपछि स्कुलका साथीहरूस ँगको सम्बन्ध टाढियो । मिटिङमा जाने, पार्टी ज्वाइन गर्ने, बाहिर लञ्च गर्ने, विभिन्न सामग्रीको प्रचार-सामग्रीझैं हुन थाले । यसो गर्दागर्दै म अर्कै झरना हुन पुगें ।

यो त आधुनिक जीवनको अनिवार्य शैली हो, यसमा के आश्चर्य भयो र ?

आश्चर्य आफूलाई बिर्सनुमा छ । अरूका लागि बाँच्नु, अरूका लागि गर्नुमा छ । अरूका लागि खुशी हुनुपर्ने, आफूलाई हाँस्न मन नलागे पनि हाँस्नुपर्ने, गर्न मन नलागेको काम पनि गर्नुपर्ने । यो बाध्यताको जीवन हो । मलाई लाग्छ, ग्यामरस दुनियाँमा धेरैजसो व्यक्ति आफूलाई बिर्सेर अरूकै लागि बाँचिरहेका छन् ।

यसको अर्थ सबैजसो कलाकारले जीवन बिर्सिरहेका छन् ?

म अरूको कुरा भन्न सक्दिनँ । यसो भन्न्ो अधिकार मलाई छैन । म मेरो कुरा गर्न सक्छु । म सांसारिक चमकमा पूर्ण रूपमा होमिएकी रहेछु । म चुरोट खान्थें । वाइन पिउँथें । चाहिने -नचाहिने साथी बनाउँथें । म यति महत्त्वकांक्षी भएछु, समय छँटदै मैले र्फकनुपथ्र्यो । अहिले प्रयास गरिरहेकी छु ।

परम्परागत जीवनशैलीप्रति कसरी वितृष्णा उत्पन्न भयो ?

जब म मुम्बई गएँ, त्यहाँ गर्नुपर्ने विभिन्न किसिमका स्ट्रगलले मलाई जीवनको वास्तविकताबोध गरायो । मानिस यस्तो भाग दौडमा छन्, जसले काम त दिलाउला, मनमा खुसी दिन सक्दैन । मानिसहरू केका लागि संघर्ष गरिरहेका छन् भन्ने सोच्दासोच्दै म झसङ्ग भएँ । ओहो, म पनि त त्यही गरिरहेकी छु । त्यसपछि मैले तुरुन्तै मुम्बई छाड्ने निर्णय गरें ।

मानिसहरू त काम नपाएपछि प|mस्टेड भएर मुम्बई छाडेको आरोप लगाउँछन् नि ?

केही हदसम्म त्यो सत्य हो । कारण म पूर्वमिस नेपाल, नेपालकी स्थापित कलाकार त्यहाँ जस्तो पायो त्यस्तो काम गर्ने कुरा आएन । 'लभ इन नेपाल' पछि मलाई ठूला चलचित्रमा त्यस्तै कामको अफर आउन थाल्यो । यद्यपि म्युजिक भिडियो तथा विज्ञापनबाट प्राप्त हुने पैसाले जीवन राम्रैसँग चलाउन सकिन्थ्यो । कामै नपाएर प|mस्टेड हुने अवस्था थ्ािएन । जुन दिन मलाई यो संघर्षको अर्थ छैन भन्ने लाग्यो, त्यसै दिन नेपाल र्फकने निर्णय गरे । नेपाल फर्किएपछि जीवन बुझ्न ध्यान गर्न थालें । आफ्ना कुलतहरू त्याग्न थालें । अहिले जीवन सही ठाउँमा आउँदैछ भन्ने लाग्छ ।

जाँड, रक्सी छाड्नुभयो ?

छाडें, ध्यान गर्न थालेपछि मलाई जति पनि गलत काम हुन् भन्ने लाग्यो, ती छाड्दै गएँ । मैले चुरोट पनि छाडें । यद्यपि म चेनस्मोकर थिइनँ । मासु पनि छाडें । अझै पनि म आफ्नो जीवनलाई गलत बाटोमा लाने सबै कुरा छाड्ने प्रयासमा छु ।

तपाईंको कमजोरी के हो ?

पहिले म आफ्नो कमजोरी देखाउन चाहन्नथें । म यति महत्त्वाकांक्षी थिएँ कि आफ्नो कमजोरी लुकाउनुमा गर्व गर्थें । अहिले त्यसलाई सच्याउने प्रयासमा छु ।

तपाईंको बेलायती युवकसँग इन्गेजमेन्ट भएको खबर सुनिएको थियो, तर विवाह भएन, किन ?

इन्गेजमेन्ट भएको खबर सत्य हो, तर ऊ अहिले युनिभर्सिटीमा अध्ययनरत छ । उसको पढाइ सकिएपछि विवाह गर्ने कुरा छ, तर म अहिले के महसुस गर्छु भने जीवन अनिश्चित छ । अहिले म जे सही मानिरहेकी छु, त्यो सही नहुन सक्छ । त्यसलै यो विवाह नहुन पनि सक्छ ।

अध्यात्मको बाटोमा हिंडेपछि तपाईंले बुझेको कुरा के हो ?

सबै कुरा परिवर्तनशील छ । केही स्थिर छैन । जुन कुरा सधैं आफ्नो साथमा हुँदैन, त्यसका लागि किन आशक्ति बढाउनु ?

तपाईं दुःख-सुखबाट माथि उठिसक्नुभएको हो ?

दुःख-सुख दुवै परिवर्तन्ाशील छन् । एकछिनअघि जुन कुराले खुसी बनाएको थियो, त्यही कुराले एकछिनपछि दुःखी बनाउँछ भने दुःखमा किन रुने, खुसी हुँदा किन मात्तिने ? यद्यपि दुःख -सुख जीवनभरि रहन्छन्, चिन्ता लिनुहुँदैन भन्नेसम्म बुझ्न थालेकी छु ।

जीवनशैलीमा केही परिवर्तन गर्नुभयो कि पहिलेजस्तै छ ?

केही फरक छ । हिजो ब्रान्डेड सामग्रीले मेरो शरीर सजिन्थ्यो । अहिले यही हुनुपर्छ भन्ने लाग्दैन । मेरो विचारमा ब्रान्ड मानिसको आवश्यकता होइन, आवश्यकताचाहिं मानिसको आवश्यकता हो ।

सादा जीवनशैली अँगालेपछि खर्च कटौती गर्न थाल्नुभएको हो ?

खर्च कटौती गर्छु भनेर लागेकी छैन । यद्यपि पहिले आफूलाई मन परेको कुरा नगरी छाड्दिनथेँ, अहिले त्यो मेरो आवश्यकता हो कि होइन, सोच्छु ।

कलाकारिता छाडिदिने ?

छाड्दिनँ, मनपर्ने मानिसले राम्रो काम ल्याए भने गर्छु । कलाकार भन्दैमा सबै काम गर्ने पक्षमा भने छैन ।

पुस १ गते बाँडिदैछ केटिभी चलचित्र एवार्ड

लामो समयको प्रतीक्षापछि दोस्रो केटिभी चलचित्र एवार्ड २०६६ को वितरण मिति तय भएको छ । आगामी पुस १ गते बुधबार सोल्टी होटलको बलरुममा हुने एउटा रंगीन समारोहबीच वर्ष २०६५ मा प्रदर्शन भएका उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिनेछ । एवार्डका लागि विभिन्न विधामा मनोनीत भएका चलचित्र तथा चलचित्रकर्मीहरूको मनो नयन सँची गत भदौ महिनामै सार्वजनिक भैसकेको छ ।

एवार्ड वितरण समारोह नजिकिंदै जाँदा चलचित्रकर्मीमा एक प्रकारको उत्साह छाएको छ । यस पटकको एवार्डमा पहिलो पटक आफूले निर्माण गरेको चलचित्र 'मिस्टर मंगले' सर्वाधिक २१ विधामा मनोनीत भएपछि नायक तथा निर्माता विरेन श्रेष्ठ व्यग्रताका साथ एवार्ड वितरण समारोह कुरिरहेका छन् । श्रेष्ठ भन्छन्— 'हालसम्म विश्वकै कुनै पनि चलचित्र सर्वाधिक २१ विधामा मनोनीत भएको रहनेछ । अत्यधिक विधामा मनोनीत भएकै कारण अत्यधिक एवार्ड जित्ने कुरामा उत्तिकै विश्वस्त छु ।' उपत्यकाबाहिर राम्रो व्यापार गर्न सफल 'मिस्टर मंगले' बाट निर्देशक किशोर राना -निर्देश्ाक), विरेन श्रेष्ठ -नायक), अरुणिमा लम्साल -नायिका), दिवस उप्रेती -सह-नायक), अंशु महर्जन -हास्यकलाकार), शक्ति लम्साल - हास्यकलाकार), युगेश रायमाझी -कथा, पटकथा, संवाद), विपिन मल्ल -सम्पादन), महाराज थापा -पाश्र्व संगीत), रामशरण उप्रेती -छायांकार) आदि एवार्डका लागि मनोनीत भएका छन् ।

करिब तीन घण्टा लामो रमाइलो कार्यक्रमका बीच ३१ वटा विधाका एवार्ड वितरण गरिने आयोजक संस्थाका मनोज केसी बताउँछन् । केसीका अनुसार कार्यक्रमलाई भव्य रूपले सम्पन्न गर्ने सम्पूर्ण तयारी भैसकेको छ । कार्यक्रममा अरुणिमा लम्साल, विरेन श्रेष्ठ, उषा पौडेल, ऋचा घिमिरे, दिवस उप्रेती आदि नायक-नायिकाले आकर्षक नृत्य प्रदर्शन गर्नेछन् । समारोहमा आकर्षक नृत्य प्रदर्शन गर्नैका लागि उनीहरू विगत दुई महिनादेखि नृत्यको प्रशिक्षणमा व्यस्त छन् । कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने यो कार्यक्रममा सांगीतिक प्रस्तुति तथा हास्य कार्यक्रम पनि समेटिनेछन् ।

नेपाल चलचित्र प्रविधिक संघले दोस्रो पटक आयोजना गर्न लागेको एवार्ड समारोहमा सर्वोत्कृष्ट चलचित्रका लागि कडा प्रतिस्पर्धा हुने भएको छ । यो विधामा 'म तिमीबिना मरिहाल्छु', 'सिलसिला', 'मौसम', 'नसिब आफ्नो' तथा 'मिस्टर मंगले' मनोनीत भएका छन् । दर्शकहरूको रुचिका आधारमा भुवन केसीको 'म तिमीबिना मरिहाल्छु' सर्वोत्कृष्ट चलचित्रको प्रबल दाबेदार भएको कुरामा अधिकांश चलचित्रकर्मी एकमत छन् । स्वयं निर्माता भुवन केसी पनि आफ्नो चलचित्र प्रतिस्पर्धी अन्य चलचित्रको तुलनामा उत्कृष्ट भएको बताउँछन् ।

सर्वोत्कृष्ट चलचित्रपछि सर्वोत्कृष्ट निर्देशकको विधामा पनि चर्को प्रतिस्पर्धा हुँदैछ । दयाराम दाहाल -म तिमीबिना मरिहाल्छु), राजेन्द्र उप्रेती -सिलसिला), श्याम भट्टराई -मौसम), नारायण पुरी -मृत्युञ्जय) तथा किशोर राना -मिस्टर मंगले) सबैले निर्देशकको एवार्ड आफैंले पाउने दाबी गरेका छन् । सामान्यतः जुन चलचित्र सर्वोत्कृष्ट ठहरिन्छ, त्यसैका निर्देशकले सर्वोत्कृष्ट निर्देशकको एवार्ड पाउने चलन छ ।

नयाँ निर्देशकतर्फ भने शंकर घिमिरे -विष), विमल पौडेल -जनयुद्ध), विकास आचार्य -नसिब आफ्नो), रञ्जित राना -सहारा) तथा नरेन्द्र थापा -देशदेखि विदेशसम्म) बीच प्रतिस्पर्धा हुँदैछ । भुवन केसी -म तिमीबिना मरिहाल्छु), विरेन श्रेष्ठ -मिस्टर मंगले), आर्यन सिग्देल -मौसम), निखिल उप्रेती -जय शिवशंकर) तथा विराज भट्ट -सिलसिला) सर्वोत्कृष्ट नायकका लागि प्रतिस्पर्धा गर्दैछन् । यो विधामा भुवन केसी तथा विरेन श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ ।

सर्वोत्कृष्ट नायिकातर्फ झरना थापा -म तिमीबिना मरिहाल्छु), अरुणीमा लम्साल -मिस्टर मंगले), ऋचा घिमिरे -देशदेखि विदेशसम्म), सञ्चिता लुइूटेल -मृत्युञ्जय) तथा रेखा थापा - नसिब आफ्नो) बीच प्रतिस्पर्धा हुँदैछ ।

नवनायक तथा नवनायिकातर्फको प्रतिस्पर्धा पनि कम रोचक छैन । जीवन लुइँटेल -नसिब आफ्नो), सनी बी केसी

-गोरखा रक्षक), दीपकराज गिरी -सुन्दर मेरो नाम), सुवास मेचे -गिरफ्तार) तथा प्रमोद दीप -जिन्दगी) बीच प्रतिस्पर्धा हुँदैछ । नवनायिकातर्फ जेनिशा केसी -नसिब आफ्नो), सञ्चिता गुरुङ -हाम्रो मिलन कहिले हुन्छ), रूपा उपाध्याय -को होला मेरो मायालु), सोनिया केसी -सिलसिला) तथा सोभिता सिम्खङा -सन्देश) बीचको प्रतिस्पर्धा पनि हेर्न लायक हुनेछ ।

October 5, 2009

Namrata Shrestha's Video Scandal


Namrata shrestha is the latest Gossip girl after her video scandal lately. Its up to you to decide whether its real or just created to harm her upgrowing popularity. Well here's a good gossip on the scandal By Alex Alvarez .
Twenty-three-year-old Nepalese actress and model Namrata Shrestha is at the center of a huge controversy after her sex tape was leaked to the public. The most controversial aspect of this scandal, however, might be be the fact that Shrestha has shrugged the whole thing off instead of acting ashamed and apologetic.
The video co-starred Chris Sutula, aka “DJ Tantrik,” who happens to be married.

Some members of the Nepalese press believe Shrestha’s attitude towards her video reflects a change in Nepalese society and attitudes towards sex:

Parallels are being drawn between it and the Shrisha Karki scandal that erupted in 2002, creating a furore, intense social condemnation and even police action…In 2002, Shrisha, another aspiring starlet, committed suicide after a weekly published a report exposing the casting couch syndrome in Nepal’s film industry which exploited Shrisha and other vulnerable newcomers like her…However, the nude photograph of Shrisha, published by the Jana Aastha weekly with its report on enforced prostitution in the Nepali film industry caused the young actress to commit suicide, triggering a backlash against the weekly…”I had to remain underground for one and a half years,” says Kishor Shrestha, the 39-year-old editor of the weekly, who in 2002 faced a warrant for his arrest due to growing social outcry.

Shrestha’s attitude towards her tape is refreshing, (despite that tape revealing an ill-advised tryst with a married person) especially at a time when so many U.S. and Latin American celebrities feel the need to act shocked and embarrassed even as their careers soar after their involvement in a sex tape. Much of the American public’s reactions to these videos include a healthy dose of skepticism, especially when stars’ sexual exploits are leaked just as they are about to promote a new movie or reality series (we’re looking at you, Paris Hilton and Kim Kardashian), or when stars refuse to take responsibility for their involvement in a sex tape, a la Noelia, yet continue to discuss them, over and over and over, with the press.

Shrestha’s decision to take ownership for her actions and not be ashamed of the fact that, hey, she has sex (again, albeit with someone who was not single) might work to change perceptions about female sexuality in Nepal, especially given the case of Shrisha Karki, which revealed that women in the entertainment industry were victims of sexual exploitation rather than the keepers of their own sexuality.

People have sex. Women have sex. Sometimes, women have sex on tape. Yes, it is invasive and possibly embarrassing when evidence of this is shown to strangers, but that doesn’t make the fact that a woman had and enjoyed sex something shameful. Even if she might want to stick to taping herself with unmarried men in the future.

We are sorry that the scandal video cannot be posted here. Please add some comments of sense on the topic.

September 16, 2009

असमझदारीले बढाएको अन्योल

भाद्र ३० - केही समययता राष्ट्रिय राजनीति असमझदारी, मुठभेड र अन्योलतर्फ हुत्तिदै गएको छ । सत्ता र विपक्षबीच हुनुपर्ने न्यूनतम शिष्टता र हार्दिकतासमेत ह्रासोन्मुख देखिन्छ । खासगरी माओवादीले सरकारविरुद्ध गरिरहेको आन्दोलन चर्काउँदै जाँदा राजनीतिक तनाव बढेको हो । उनीहरूले प्रधानमन्त्री र मन्त्रीहरूको कार्यक्रम बहिष्कार तथा विरोध प्रदर्शन गर्ने क्रममा कालोझन्डा देखाउने मात्र नभई ढुंगामुढा र अवरोध सिर्जना गर्ने उग्रतासमेत देखाउन थालेका छन् । सोमबार विराटनगरमा प्रधानमन्त्री माधवकुमार नेपालको पूर्वनिर्धारित कार्यक्रममा हिंसक घेराउ गरिएपछि प्रहरीले लाठी र अश्रुग्याससमेत प्रहार गर्नुपर्‍यो । सोमबारै उपप्रधानमन्त्री विजयकुमार गच्छदारले काठमाडौंमा र ऊर्जामन्त्री प्रकाशशरण महतले नुवाकोटमा अवरोध र ढुंगामुढाको सामना गर्नुपर्‍यो । केही दिनयता अन्य मन्त्रीले पनि लगातार यस्तै व्यवहार भोग्नुपरिरहेको छ । सरकारविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने लोकतान्त्रिक अधिकार जो कोहीलाई हुन्छ तर विरोधका नाममा हूलहुज्जत र बलप्रयोग गर्न पाइँदैन भन्ने कुरा माओवादी नेताहरूले बुझ्नुपर्छ र यस्ता गतिविधि तत्काल रोक्नुपर्छ । सरकारले पनि माओवादी गतिविधि नियन्त्रण गर्ने नाममा अत्यधिक बल प्रयोग गर्ने र स्थितिलाई तनावपूर्ण बनाउने गल्ती गर्नु हुन्न ।
माओवादीले तत्कालीन प्रधानसेनापतिलाई पदमुक्त गर्ने आफ्नो सरकारको निर्णय राष्ट्रपतिले उल्टाएपछि नागरिक सर्वोच्चता कायम गरिनुपर्ने मागका साथ राष्ट्रपतिको उक्त कदमविरुद्ध आन्दोलन गरिरहेको छ । आन्दोलनको क्रमसँगै पक्ष-विपक्षका प्रमुख नेताहरूबीच वाकयुद्ध चर्केको छ जो प्रहरी, प्रदर्शनकारी भिडन्तभन्दा खतरनाक छ । प्रधानमन्त्री नेपालदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहालसम्मका मुख्य नेताहरू एक-अर्काविरुद्ध व्यक्तिगत गालीगलौज र तल्लोस्तरका टीका-टिप्पणीमा उत्रेका छन् । यसले उनीहरूमा अविश्वास बढाउँदै लगेको छ जसले राजनीतिक सहमतिको सम्भावनालाई झन्-झन् टाढा पुर्‍याउने जोखिम छ । बिर्सनु हुन्न, गणतन्त्र, अन्तरिम संविधान, शान्ति प्रक्रियालगायत हाम्रा पछिल्ला राजनीतिक उपलब्धिहरू सहमतीय आधारमा सम्भव
भएका हुन् । अहिलेको प्रमुख राष्ट्रिय कार्यसूची बन्न पुगेको नयाँ संविधान निर्माण पनि प्रमुख दलहरूबीच न्यूनतम सहमति हुनसक्ने वा नसक्ने कुरामा निर्भर छ । त्यसैले एक सीमाभन्दा बढी अविश्वास उत्पन्न भएमा राष्ट्रिय जोखिम निम्तिन सक्छ । यो वास्तविकतालाई मुख्य दल र त्यसका प्रमुख नेताहरूले आत्मसात गर्नुपर्छ ।
अहिले मुलुकका अगुवा नेताहरूबीच मात्र होइन ती नेताहरूका पार्टीसमेत आन्तरिक द्वन्द्व र असमझदारीको चपेटामा परेका छन् । मुख्य सत्तारूढ दल एमालेमा अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेताद्वय प्रधानमन्त्री नेपाल, केपी शर्मा ओली पक्षधरबीच सार्वजनिक आरोप, प्रत्यारोप जारी छ । कांग्रेसमा सभापति गिरिजाप्रसाद कोइरालाको पुत्रीमोह खुलेरै प्रकट भएपछि उनको दशकौं पुरानो प्राधिकार पहिलोपटक संकटमा परेको छ । माओवादीभित्रको गुटगत गतिविधि हाललाई रोकिएको छ तर त्यसले स्थायी रोगका रूपमा जरा गाढिसकेको आभास मिल्छ । यस्तो अवस्थामा पार्टी-पार्टी र नेता-नेताबीच व्यक्तिगत कटुता र शत्रुता सिर्जना हुनु मुलुकको हितमा छैन ।
यसअघि शान्ति प्रक्रियाका प्रमुख दुई पात्र गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालले पालैपालो मुलुकको बागडोर सम्हाल्ने अवसर पाएका थिए । जनआन्दोलन-२ पछि तेस्रो प्रधानमन्त्रीको जिम्मेवारी माधवकुमार नेपालले पाएका छन्, जो आफैं शान्ति प्रक्रियाका अगुवा सहजकर्ता हुन् । शान्ति प्रक्रियाको संवेदनशीलता र यसको असफलताबाट उत्पन्न हुनसक्ने राष्ट्रिय जोखिमको मूल्य उनले सम्भवतः राम्रैसँग बुझेका छन् । त्यसैले वर्तमान टकरावलाई मत्थर पार्न राज्यको कार्यकारीका रूपमा माओवादीलगायत सबै असन्तुष्ट पक्षलाई राजनीतिक संवाद र सहमतिको मार्गमा ल्याउन उनले तत्काल अग्रसरता लिन सक्नुपर्छ ।-सम्पादकीय

चार रुपैयाँ चोर्दा ज्यानै लिए

काठमाडौं, भाद्र ३० - चंगा किन्न चार रुपैयाँ चोरेकै कारण राजधानीको कपनमा एक बालकले ज्यान गुमाएका छन् । चोरी अभियोगमा घरबेटीबाट कुटिएका आठ वषर्ीय अभिषेक गुरुङ शनिबार आफ्नै कोठाको झ्यालमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
आफ्नो पसलबाट रकम चोरेको आरोपमा कपन १ स्थित २३ वषर्ीय ईश्वर केसीका भाइ १८ वषर्ीय किशोरले शनिबार अभिषेकलाई कुटपिट गरेका थिए । बौद्ध प्रहरी वृत्तका अनुसार सिन्धुपाल्चोक हैबुङ २ घर भएका ती बालक आमा मीना र भाइ अमितसँगै ईश्वरको घरमा डेरा गरी बस्दै आएका थिए ।
आमा मीनाले छोराहरूलाई खाना खुवाएर काममा गएको बेला घटना भएको आफन्तले जनाएका छन् । मीना हस्तकलाको काम गर्छिन् । अभिषेकका पिता ऋषिराम वैदेशिक रोजगारका क्रममा ओमानमा छन् ।
'दाइले घरबेटीको चोरेको रकमले चंगा किनेर ल्याउनुभयो,' घटनाका एक मात्र साक्षी छ वषर्ीय भाइ अमितले प्रहरी र आफन्तलाई भने, 'घरबेटीले म र दाइ अभिषेकलाई कुट्यो, दाइ बोल्न छाडेपछि कोठाभित्र लगेर झ्यालमा झुन्ड्याइदियो ।' घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही माग गर्दै पीडित परिवार र स्थानीयवासीलगायत झन्डै दुई सय जनाले सोमबार बिहानदेखि साँझसम्म वृत्तमा धर्ना दिए । पीडित पक्षको आग्रहमा भाइ अमितलाई समेत राखेर एक छानबिन कमिटी गठन गरिएको प्रहरीले जनाएको छ ।
मृतकका मामा दीपक गुरुङका अनुसार कुटपिटपछि 'आफूलाई चोखो देखाउन' शवको बारेमा ईश्वर र भाइ किशोरले उल्टै स्थानीयवासीलाई खबर गरेका थिए । 'कुट्दा खेरी बेस्सरी चोट लागेर बालकको ज्यान गयो,' दीपकले भने, 'उनीहरूले आफूलाई बचाउन र आत्महत्या देखाउन बालकलाई झुन्ड्याएको देखियो ।'
घरबेटी दुवै दाजुभाइलाई थुनामा राखेर अनुसन्धान भइरहेको बौद्ध प्रहरी वृत्तका डीएसपी गोविन्दराम परियारले बताए । उनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । पोस्टमार्टम रिपोर्टमा हत्याको कारण खुल्न सकेको छैन । पीडित पक्षले पुनः पोष्टमार्टम माग गरेका छन् ।
हत्याको आरोप लागेका किशोरले आफूले हत्या नगरेको बताएका छन् । 'पैसा चोरेपछि एक झापड हानेको हो, त्यसपछि ऊ रुँदै कोठातिर गयो,' उनले प्रहरी बयानमा भनेका छन्, 'मैले उसलाई मारेको होइन ।' डीएसपी परियारले अनुसन्धानको निष्कर्षपछि मात्र केही भन्न सकिने बताए । अभिषेक कपन नीलोपुलस्थित ब्रेनल्यान्ड एकेडेमीमा कक्षा २ मा अध्ययनरत थिए ।

Priyanka & Katrina to launch official websites


Perhaps, before few moments it was ‘Bride Wars’ and now gradually it’s gonna be ‘wars on websites’. The top-charting actresses of Bollywood Priyanka Chopra and Katrina Kaif will be soon launching their official websites. Firstly, Priyanka Chopra admitted that she has got a great gang of online friends found in her twitter as well other social communities. That has gradually urged her to kick-start with her official website…

On the pars, the cherubic Katrina – most googled and searched Bollywood actress on internet has already started making prior arrangements for the launch. It has been revealed straight from her shoulders that the website would be launched by end of this year. Indeed, Katrina Kaif has planned for a special photo shoot for offering exclusive galleries to fans logging to her official website. The only drawback would be that Katrina has no plans about letting know them about her day-to-day schedule.

Priyanka gets married on stage


It was a jaw dropping moment interlaced with great amusement, on sets of ‘Saregamapa Little Stars’, the popular musical competition on Zee TV.

Swarit Nigam, a 10 year contestant, aired his wish to marry our Desi Gal. A sportive Priyanka, candidly said to the kid that if he sings well she would really accept his proposal. The cute fellow sang to her the title song of ‘Mujse Shaadi Karogi’ and handed out to her a rose. What happened next was a hilarious drama that sent the audience and others on sets into laughing ruptures.

Priyanka Chopra went on stage and put a garland on the kid. While the actress covered her face shying like a bride, Swarit was cheered and raised up by his fellow contestants and show kid-comperes. Priyanka even carried her young ‘Pathi Parmeshwar’ and walked the ramp to take him to home. Swarit’s parents were visibly elated and cheering. But the actress put him down saying he has a competition to win there, so she would not take him for the time being. However, she on lighter tone said the young hubby not to forget her now that he is married to her.

Besides Priyanka, Hurman Baweja was the other quest on the show. Both the actors were on the show to promote their forthcoming movie, ‘What’s Your Rashee?’

September 15, 2009

थ्री-स्टार झापामा खेल्ने

काँकडभिट्टा, भाद्र २९ - गभर्नर्स गोल्डकप उपाधि रक्ष्ाा गर्न सिक्किम निस्केको नबिल थ्री-स्टार सोमबार उपकारी कामका लागि झापामा रोकिनेछ । सिक्किममा हुने सर्वाधिक ठूलो फुटबल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियनसामु एकातर्फ प्रतियोगिता तयारीको राम्राे अवसर हुनेछ भने अर्कोतर्फ झापा फुटबल संघले सुरु गरेको खेलाडी कल्याणकोषमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अवसर हुनेछ ।
सोमबार काँकडभिट्टा फुटबल मैदानमा थ्री-स्टार र झापा-११ उत्रनेछन् । त्यस खेलको आयोजनाबाट उठेको रकम झापा जिल्लाका फुटबल खेलाडीको लक्ष्ाित कल्याणकोषमा राखिनेछ । 'लामो समययता काँकडभिट्टा माथिल्लोस्तरको फुटबलमा र्फकंदै
छ । यसबाट यहाँका फुटबलप्रेमीले विशिष्ट फुटबल हेर्ने अवसर पाउनेछन् । त्यसबाहेक कोष स्थापना गर्न पनि मदत पुग्नेछ,' राखेपका वरिष्ठ फुटबल प्रशिक्षक भगिरथी आलेले भने ।
झापा जिल्ला फुटबल संघका अध्यक्ष्ा जेके गुरुङ मैत्रीपूर्ण फुटबललाई कोष निर्माणको अर्को खुडकलो मान्छन् । 'कुनै स्थितिमा हामीसँग घाइते खेलाडीका लागि फस्ट एडको उपचार सामग्री पनि हुन्न । यस्तोमा कोष खडा गरेर सबै झापाली फुटबल खेलाडीलाई सहयोग गर्नु हाम्रो उद्देश्य हो,' गुरुङले भने, 'यो उपकारी काममा सबै क्ष्ाेत्रको सहयोग रहनेछ ।'
थ्री-स्टार अध्यक्ष ललितकृष्ण श्रेष्ठ पनि मैत्रीपूर्ण खेलका लागि उत्साहित छन् । 'राम्रो कामका लागि सहयोग गर्न पाएकोमा खुसी छौं । यो अवसरले झापाली फुटबलप्रेमीलाई थ्री-स्टार क्लब, यसका खेलाडी र यसको शैलीबारे पनि जानकारी पाउने अवसर जुटाएको छ ।'

August 3, 2009

किन पस्दै छन् विन लादेन नेपालमा?

नेपालमा हालै मात्र अप्रत्याशित रुपमा विश्व आतंकवादी संगठन अलकायदाको औपचारिक रुपमै प्रवेश भएको रहस्य खुलेको छ। मुश्लिम अतिवादी मात्र रहेको ठानिएको उक्त संगठनले नेपालमा भने आफ्नो संगठनको विस्तारका लागि चौधरी समूदायलाई छानेको छ।
किनकी नेपालको चौधरी समूदाय नेपाल टुक्रयाउने भारत र अमेरिकी नीति विपरित रहेका छन् । उनीहरूले समग्र मधेश एक प्रदेशको विरोध गरेको अवस्था छ। नेपालमा अल कायदाको संगठन विस्तार गर्नका लागि भारतको नयाँदिल्लीमा प्रधान कार्यालय स्थापना गरिएको छ। नेपालमा अल कायदाको संगठन विस्तार गर्न डा. असलाम खानले ०६५ असारमा नेपालको धनगढिमा आउँदा समेत नेपालका प्रहरी, शशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सैनिक गुप्तचर मात्र नभएर नेपालमा छ्यापछ्याप्ती भएका सिआईए र रअका प्रतिनिधिहरू समेतले एक वर्षसम्म थाहा पाउन नसक्नु रहस्य कै विषय छ। अझ अभियुक्त पक्राउ गरी उनीहरूले आफूहरू अलकायदाका प्रतिनिधि भएको साविति वयान दिईसकेको अवस्थामा पनि नेपाल प्रहरीले पक्राउ परेका ब्यक्ति नक्कली अलकायदा भएको प्रमाणित गर्ने कोशिस गरिरहेको छ। अलकायदाका लागि नेपालमा काम गरिरहेका ६ जनालाई कैलाली प्रहरीले पक्राउ गरी साविति वयान लिईसक्दा पनि त्यसलाई पत्यार गरिएको थिएन। तर जव त्रिवि अन्तराष्ट्रिय विमानस्थलवाट अलकायदासँग सम्वद्ध एक पाकिस्तानी नागरिक पक्राउ परे त्यसपछि मात्र नेपालको सुरक्षा निकाय झस्किएको छ। अल कायदाले किन आँखा गाड्यो नेपालमा? उसको उदेश्य के छ? र कस्ले उसलाई सुरक्षा र सहयोग दिईरहेको छ? यो आजको प्रमुख खोजीको विषय वनेको छ। अघि अघि विन लादेन पछिपछि अमेरिका भन्ने विश्वब्यापि उखान नै छ। के अमेरिकालाई नेपालमा प्रवेश गर्ने वातावरण वनाउन कै लागि अलकायदाको प्रवेश भएको होला त? त्यो पनि खोजीकै विषय छ। नेपाल आफै अन्तराष्ट्रिय अपराधी र आतंकवादीको उत्पादन गर्ने देश नभए पनि नेपालका केही राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता भारत, पाकिस्तान र अमेरिकावाट पालित पोषित भएका कारण उनीहरू मार्फत कतिपय आतंकवादी समूहका सदस्यहरू नेपालमा प्रवेश गरी नेपाललाई आश्रयस्थल वनाउने गरेको कुरामा विवाद गर्ने ठाउँ छैन। किनकी त्यस्ता विदेशी एजेन्ट नै धेरैजसो सरकारको महत्वपूर्ण पदमा पुग्ने गरेका छन््। नेपालका गुप्तचरहरूमा पनि विदेशीको घुसपैठ भएका कारण कतिपय आतंकवादीहरू वेलावखत नेपाल छिनर््े गरेको आरोप पनि लाग्ने गरेको छ। सन् १९९९ मा नेपालवाट इन्डियन एयरलायन्सको जहाज अपहरणमा परेको थियो। अहिलेका उपप्रधानमन्त्री त्यतिवेला पर्यटनमन्त्री हुनुहुन्थ्यो। त्यसपछि नै नेपालले पहिलो पटक अन्तराष्ट्रिय आतंकवादको समस्या झेल्नु परेको थियो। यही कारणले नेपालमा अनावश्यक रुपमा अन्तराष्ट्रिय सुरक्षाकर्मीको आवत जावत पनि वढेको छ।
घटनाक्रमलाई हेर्दा के देखिन्छ भने पाकिस्तानी नेता डा. अब्दुल्ला आजमले पेशावरमा अपराधिक मुजाहिद्धिनलाई सहयोग गर्ने उदेश्यले मख्तवा अल सिदमत नामक संगठन खोलेका थिए। जसमा आजम प्रमुख र विन लादेन उप प्रमुख थिए। लादेनले सन् १९८० को जुनमा आजमवाट फुटेर अरव वि्रगेड खोलेका थिए। अलकायदा वा आधार क्षेत्र भन्ने शब्द आजमले एक लेख मार्फत लेखेका थिए। केही समयपछि आजमको हत्या भयो। त्यो हत्यामा लादेनको हात रहेको अनुमान गरिएको थियो। सन् १९८७ को जुनमा अफगानिस्तानको अजिमा शिविर खोलेर विन लादेनले अलकायदाका लडाकु र शोभियत फौजवीच भिडन्त गराएर अमेरिकालाई सहयोग गरेका थिए। जसले अमेरिकाको अफ्गानिस्तानवाट सोभियत फौज धपाउने रणनीतिलाई भरपुर वल पुगेको थियो। यो भिडन्त संसारभर चर्चाको विषय वनेको थियो। सोही घटनावाट लादेन पहिलो पटक विश्वभर चर्चामा आएका हुन्। अमेरिकाले अफ्गानी सेना कै प्रयोग गरेर रुसी सेनालाई डाँडो कटाए पनि युद्धवाट क्षतिग्रस्त अफ्गानिस्तानको भौतिक र सामाजिक सुधारमा अमेरिकाले कुनै ध्यान दिएन। जसले गर्दा अफ्गानिस्तान भोकमरी र अभावका साथै अराजकता र आतंकवादको रणभूमी वन्यो। अलकायदाले अन्य स्थानिय अतिवादीको साथ लिएर आफ्नो प्रभाव विस्तार गर्ने थप वल प्राप्त गर्यो । उसले शैक्षिक संस्था विरुद्ध आक्रमण वढाएको छ र मुश्लिम कानूनको नाममा मानव अधिकारको गंभिर उलंघन गरिरहेको छ। विभिन्न देशमा वैज्ञानिक र आधुनिक शिक्षा हुनुपर्नेमा जियादी शिक्षाको वकालत गर्दै आएको छ। अहिले अल कायदाको संगठन विस्तार भएर अमेरिका, वेलायत, अष्ट्रेलिया, अफ्रिका र एशियाका ४० भन्दा वढि देशमा प्रभाव कायम भएको मानिन्छ। विन लादेन अहिले पनि तालिवान नियन्त्रित अफ्गानिस्तान एवं सुडानका आफ्ना आश्रयस्थलहरूमा लुकेको हुनसक्ने अनुमान गरिएको छ। विन लादेन लुकेको हुनसक्ने अनुमान कै भरमा अमेरिकाले अफ्गानिस्तानमा आफ्ना सैनिकको संख्या अत्यधिक वृद्धि गर्दै लगेको छ भने पाकिस्तानले पनि अमेरिकी वमवारीको पटक पटक सामना गर्नु परेको छ। सन् १९८० मा अफ्गानिस्तान पुगेका लादेनले त्यहीं वसेर अरवी मुलुकका लडाकुलाई परिचालन गर्न र तालिम शिविर चलाउन थालेका थिए। पछि सुडान गएका लादेनले सोमालिया,दक्षिण यमन र साउदीको रियादमा अमेरिका विरोधी गतिविधि संचालन गरेका थिए। त्यसपछि सउदीले लादेनलाई अवाञ्छित ब्यक्ति घोषणा गर्दै उनको नागरिकता खारेज गर्ने तथा सम्पति रोक्का गर्ने सम्मको निर्णय गरेको थियो। त्यसपछि नै सुडानमाथि आतंकवादीलाई आश्रय नदिन अन्तराष्ट्रिय दवाव वढेको थियो। सुडानमै त्यतिवेला लादेनको हत्या गर्ने प्रयास समेत भएको थियो। त्यहाँवाट वालवाल वचेका विन लादेन सन् १९९६ को मेमा फेरी अफ्गानिस्तान फर्किएका थिए र उनी हालसम्म त्यसै सेरोफेरोमा रहेर आफ्ना गतिविधि संचालन गरिरहेका छन््। अमेरिकाले अफ्गानिस्तानमा आक्रमण गर्नुका साथै कठपुतली सरकार खडा गरेर आफ्नो सैनिक संख्या वढाएपछि दक्षिण एशिया थप आतंकित वनेको छ। अमेरिकाको दमनसँग सँगै अतिवादीहरू पनि थप हिंश्रक वन्दै गएका छन््। अमेरिकाको टि्वन टावरमा भएको हमला अत्यन्त हिंश्रक र अमानवीय छँदै थियो अमेरिकाले पनि सोही शैलीमा शत्रुमाथि आक्रमण्म गर्योा र गर्दै रहेको छ। युद्धवाट विजय खोज्ने अमेरिकी प्रयास आफैमा प्रत्युत्पादक वनेको छ। अमेरिकी आक्रमणवाट तमिल लगायतका अतिवादीहरूको आधार शिविर भत्कीएपछि मुश्लिम लडाकुको ओइरोले पाकिस्तान समेत अहिले चरम संकटमा परेको छ। त्यसमा भारत र अमेरिकाको घेरावन्दी त छँदैछ। स्वातफेरीवाट तालिवानहरूलाई लखेटे पनि थुप्रै स्थानहरू तालिवानी आक्रमणको निशाना वन्दै आईरहेका छन््। सन् १९९३ मार्च १२ मा भारतको मुम्वई र भारतीय संसदमा श्रृङ्खलावद्ध आक्रमणहरू भएका थिए। सन् २००६ को जुलाई ६ मा अर्को श्रृङ्खलावद्ध आक्रमणको शिकार वन्यो भारत। पछिल्लो पटक सन् २००८ को नोभेम्वर २७ मा मुम्वईका दुईवटा तारे होटलमा एकसाथ आतंकवादी हमला भएको थियो। यी घटनामा कुनै न कुनै रुपमा अलकायदा लगायत पाकिस्तानमा रहेका अतिवादीको हात रहेको आरोप लाग्दै आएको स्पष्ट छ। सीमापारीका आतंकवादी संगठनवाट दक्षिण एशियाका कुनै पनि देश सुरक्षित हुन सकिरहेका छैनन्। अमेरिकी गुप्तचर संस्था सिआईएसँगको १० वर्षको सम्वन्धका कारणले पनि लादेनले अमेरिकी योजना पहिले नै थाहा पाउने गरेको वताइन्छ। नेपालमा अमेरिका समर्थित सरकार गठन भएको र अमेरिकाले चीनलाई घेरावन्दी गर्न नेपाली भूमिलाई प्रयोग गर्ने प्रयास गरिरहेको सन्दर्भमा नेपालमा पनि अलकायदाको प्रवेश भएको हुनसक्ने अनुमान गर्न सकिने थुप्रै आधारहरू छन््। विनलादेन सहितका अलकायदाका सवै नेताहरूलाई रेडकर्नर नोटिश जारी गरी जिउँदो वा मृत अवस्थामा फेला पार्नेलाई ठूलो रकमको पुरस्कारको घोषणा भैसकेको छ। यस अर्थमा पनि अलकायदाले नेपालमा आश्रयस्थल वनाउन खोजेको हुनसक्छ। कुनै पनि दिन विन लादेन नेपाल प्रवेश गरेको हौवा फिजाएर अमेरिकालाई हस्तक्षेपका लागि वातावरण तयार गरिंदै गरेको पनि हुन सक्छ। पर्याप्त पैसा, हतियार र तालिम प्राप्त अलकायदालाई भारत र अमेरिकाले सामान्य जीवनमा फर्काउने भन्दा भड्काउने गतिविधि गर्दै आएका छन््। यसैले गर्दा दक्षिण एशियाको अधिकांश क्षेत्र आतंकवादको चपेटामा परेको छ। नेपालमा मात्र अलकायदा वाहेकका विभिन्न नामधारी १२८ भन्दा वढि आक्रमणकारी समूहहरू कार्यरत रहेका छन््। जसका पछाडि कुनै न कुनै रुपमा भारत, पाकिस्तान र अमेरिकाको सहयोग र समर्थन रहेको छ। उनीहरूको उत्पति र चलखेल मुख्य रुपले तराईका पर्सादेखि मोरङसम्मका आठ जिल्लामा हुने गरेकोमा वर्तमान सरकार गठन भएपछि त्यसले राजधानीमा प्रवेश पाएको छ। मध्य पश्चिम र सुदुर पश्चिमका जिल्लाहरू संक्रमित हुदै गएका छन््। वल प्रयोग गरेर समाधान खोज्दा द्वन्द र अशान्तिको खेती थप मौलाएको छ। सीमापारको आतंकवादले दक्षिण एशियाका हरेक देशमा आन्तरिक समस्या गंभिर र जटिल वन्ने गरेको छ। जुन देशमा राजनीतिक स्थायित्व हुदैन त्यो देशमा आतंकवादले जरा गाड्ने गरेकाले नेपालमा पनि अस्थिरता वढ्दै गएपछि अलकायदाको संगठन विस्तार गर्ने प्रयास भएको हुन सक्छ। वर्तमान सरकारमा अमेरिकी, भारतीय र केही पाकिस्तानीहरूको समेत संलग्नता रहेको चर्चा गरिंदै छ। कुनै दिन पाकिस्तानी आतंकवादीहरूसँग सम्वन्ध रहेको भनिएका र रहस्यमय ढंगले मारिएका मिर्जा दिलसाद वेगसँग नाम जोडिएकाहरूलाई गृह प्रशासनमा स्थापना गरिएको छ। उनीहरू नै दमनका स्वरहरू मार्फत हिंसा भड्काउने प्रयास गरिरहेका छन््। यस्तो अवस्थामा नेपालमा अलकायदाको प्रवेशलाई यसै सेरोफेरोमा खोजिनु जरुरी छ। निश्चितै छ यो सरकार रहेसम्म नेपालमा शान्ति हुदैन र यस्ता आतंकवादीहरूले प्रवेश पाईरहने छन््। किनकी यो सरकार नेपालको शान्ति प्रक्रिया विथोलेर माओवादीलाई फेरी जंगल पठाउन र सत्ता कब्जा गर्न उद्यत छ। जसलाई राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति केन्द्रहरूले हर तरहले भरपुर सघाईरहेका छन््।
नेपालका सशस्त्र विद्रोही समूहहरू
सिनं. नेपालका सशस्त्र विद्रोही समूहहरू सिनं. नेपालका सशस्त्र विद्रोही समूहहरू
००१ अखिल तराई मुक्ति मोर्चा (गोइत) ०५५ इन्टरनेशनल टाइगर्स
००२ अखिल तराई मुक्ति मोर्चा (प्रताप) ०५६ तराई मिलिट्री मोर्चा
००३ जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वालासिंह) ०५७ संयुक्त जनतान्त्रिक (आनन्द)
००४ जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन) ०५८ राष्ट्रिय समानान्तर ज्वालामुखी
००५ जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी) ०५९ मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी)
००६ तराई गणतान्त्रिक मुक्ति मोर्चा ०६० जनतान्त्रिक मुक्ति मोर्चा
००७ सुप (सुदूरपश्चिम) क्रान्ति दल ०६१ जनशक्ति क्रान्तिकारी पार्टी
००८ जनतान्त्रिक तराई मुक्ति मोर्चा (विस्फोट) ०६२ तराई संयुक्त जनतान्त्रिक पार्टी
००९ नेपाल डिफेन्स आर्मी ०६३ संयुक्त थारु मुक्ति मोर्चा
०१० राष्ट्रिय आर्मी नेपाल ०६४ पल्लो किरांत लिम्बुवान राष्ट्रिय मञ्च
०११ जनवादी गणतान्त्रिक तराई मुक्ति मोर्चा ०६५ तराई इन्काउन्टर पार्टी
०१२ तराई कोब्रा ०६६ तराई एकता परिषद्
०१३ तराई बागी ०६७ महान मधेस क्रान्तिकारी पार्टी
०१४ नेपाल जनतान्त्रिक पार्टी ०६८ शान्तिका लागि क्रान्ति तराई
०१५ थारु राष्ट्रिय मोर्चा नेपाल ०६९ मधेस तराई मञ्च
०१६ नेशनल रिपब्लिकन पार्टी नेपाल ०७० रोयल डिफेन्स आर्मी
०१७ मधेस स्पेसल फोर्स ०७१ खम्बुवान राष्ट्रिय मोर्चा
०१८ मधेसी भाइरस किलर पार्टी ०७२ खम्बुवान डेमोक्रेसी मञ्च
०१९ उन्थान संघ ०७३ संंघीय लिम्बूवान राज्यपरिषद् (कुमार लिङ्देन)
०२० नेशनल टेररिष्ट इन्काउण्टर कमिटी ०७४ संघीय लिम्बूवान राज्य परिषद् (सञ्जुहाङ पालुहा्वा)
०२१ लिवरेसन टाइगर अफ तराई इलम (एलटीटीइ) ०७५ संघीय लिम्बूवान राज्यपरिषद् (मिसेकहाङ)
०२२ गोर्खा मुक्तिमोर्चा ०७६ जनतान्त्रिक तराई मुक्तमोर्चा (तुफान)
०२३ जनतान्त्रिक तराई मुक्तिमोर्चा (पवन) ०७७ अखिल तराई मुक्तिमोर्चा
०२४ नेपाल गणतान्त्रिक योङ टाइगर्स ग्रुप ०७८ रेभ्यूलुशनरी लेफ्ट विङ्ग
०२५ तराई जनक्रान्ति मोर्चा ०७९ मधेसी साइलेन्ट किलर्स
०२६ संयुक्त जनक्रान्ति मोर्चा ०८० तराई राष्ट्रिय मुक्ति सेना
०२७ नागराज ०८१ तराई राष्ट्रिय जनक्रान्ति पार्टी (क्रान्तिकारी)
०२८ जीएएफपी रणवीर सेना नेपाल ०८२ मधेस राष्ट्र जनक्रान्ति पार्टी
०२९ संयुक्त विद्रोही मोर्चा ०८३ तराई कन्ट्रोल पार्टी
०३० संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा ०८४ मधेसी राष्ट्र जनतान्त्रिक पार्टी
०३१ तराई मुक्ति मोर्चा ०८५ मधेस राष्ट्र जनतान्त्रिक तराई मुक्तिमोर्चा (क्रान्तिकारी)
०३२ मधेसी टाइगर्स ०८६ तराई लिवरेसन फोर्स
०३३ मधेस मुक्ति टाइगर्स ०८७ पिपुल्स आर्मी
०३४ भाइरल किलर ०८८ तराई जनजागरण संघर्षशील मोर्चा
०३५ तराई डिफेन्स आर्मी ०८९ तराई पुत्र
०३६ जनवादी तराई मुक्ति मोर्चा ०९० मधेस क्रान्तिकारी दल
०३७ अजिङ्गर एक्स ०९१ डाइनोसर
०३८ उल्फा समूह ०९२ तराई जनमुक्ति क्रान्तिकारी पार्टी
०३९ नेपाल गोरखा आर्मी ०९३ तराई कमाण्डो
०४० तामाङ कोब्रा ०९४ तराई टाइगर्स
०४१ तराई आर्मी ०९५ ययाम भूमि मधेस सरकार
०४२ राष्ट्रिय मुक्ति सेना ०९६ राष्ट्रिय लिवरेसन आर्मी
०४३ किरात जनवादी वर्कर्स पार्टी ०९७ संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा
०४४ खुम्बुवान लडाकू दल ०९८ संयुक्त लिवरेसन फ्रन्ट अफ नेपाल
०४५ मंगोल अर्गनाइजेसन ०९९ तराई जनतान्त्रिक पार्टी
०४६ नेपाल रेकल्स ग्रुप १०० मधेसी मिसन जनतान्त्रिक तराई मुक्ति मोर्चा
०४७ मधेस लिवरेसन टाइगर्स १०१ तराई मधेस पार्टी
०४८ मधेसी जनमुक्ति मोर्चा १०२ तराई मधेस मुक्ति टाइगर्स
०४९ तराई कन्ट्रोल आर्मी १०३ मधेस तराई मुक्ति मोर्चा
०५० राष्ट्रिय जनतान्त्रिक पार्टी १०४ जनतान्त्रिक तराई मुक्तिमोर्चा (हिम्मत समूह)
०५१ भीषण हिमाली बाघ १०५ हिन्दु सेना
०५२ जनतान्त्रिक तराई मुक्ति मोर्चा (रणवीर) १०६ शाही मुक्ति मोर्चा
०५३ डिफेन्स नेपाल अफ त्रिशूल सेना १०७ हिन्दु राष्ट्र निर्माण सेना।
०५४ मंगोलियन रिकेल्स

July 31, 2009

लन्डनमा शाहरुखको बीस मिलियन डलरको घर


बलिउडका बादशाहको रूपमा हेरिनथालेका अभिनेता शाहरूख खानले हालै लन्डनमा एक फ्ल्याट किनेका छन्।

उनले मध्यलन्डन पार्क लेन इलाकामा २० मिलियन डलर मूल्यको घर किनेको एजेन्सीले जनाएको छ। वर्षा एकपटक सपरिवार लन्डन पुग्ने शाहरूखले अब भने लन्डनमै घर किनेका हुन्।

उनले हालसम्म विदेशमा बलिउडका कलाकारले किन्ने गरेको घरमध्ये सबैभन्दा बढी मूल्यमा सो घर किनेका हुन्। उनले दुबईमा पनि घर किनेका छन्। शाहरूखलाई हालै लन्डनमा कला र संस्कृतिमा योगदान पुर्याएबापत मानार्थ डक्टरेटको उपाधि पनि प्रदान गरिएको थियो। जसले उनलाई घर किन्नका लागि अझ सहज बनाएको थियो।

ज्याक्सनको कपाल हीरा बनाइने


विश्वप्रसिद्ध पपकिङ माइकल ज्याक्सनको निधन भए तापनि उनका प्रशंसकले उनलाई हरेक ठाउँमा हेने चाहना राख्न थालेका छन्।

यसैलाई मध्यनजर गरी सिकागोको एक कम्पनीले ज्याक्सनको कपाललाई हीरा बनाउने भएको छ। लाइफजेम कम्पनीले ज्याक्सनको कपालको एक झुप्पाबाट आधा क्यारेटको १० वटा हीरा बनाउने योजना बनाएको एजेन्सीले जनाएको छ।

माइकलको सो कपाल सन् १९८४ मा एक विज्ञापनको सुटिङका दौरान जलेको थियो। कम्पनीले हीरालाई निजी तरिकाले बेच्ने भएको छ। जसमा एउटा हीराचाहिँ माइकलका तीन सन्तानलाई निःशुल्क दिइने भएको छ। माइकलका सन्तानलाई हीरा दिन पाउँदा आफूहरू आभारी हुने कम्पनीका अधिकृतले जनाएका छन्।

कम्पनीका अधिकृतका अनुसार कपाललाई ४ हजार ५ सय ड्रि्री तापमा राखेपछि कार्बनमा बदलिनेछ। त्यसपछि यसलाई क्रिस्टलीकरण गरी हीराको रूप दिन सम्भव हुन्छ। यो प्रकृया अपनाउन करिब ६ देखि ९ महिनासम्म लाग्नेछ, जुन प्राकृतिक प्रक्रियाभन्दा धेरै छोटो अवधि हुने समाचारमा उल्लेख छ।

मेगन पाको प्रेमीको खोजीमा


कैयौं अभिनेताका साथ डेटिङको चर्चामा रहेकी हलिउड अभिनेत्री मेगन फक्स नयाँ प्रेमीको खोजीमा छिन्।

२३ वषीर्या मेगनको ब्राइन आस्टिन ग्रिकसँग इन्गेजमेन्ट गरिसकेपछि पनि सम्बन्ध टुटेकाले उनी अर्को नयाँ प्रेमीको खोजीमा रहेको एजेन्सीले जनाएको छ।
चार वर्षघि नै इन्गेजमेन्ट गरेको यो जोडी केही समयअघि अलग भएको थियो।

उनीहरू दुवैलै अब आ-आफ्नो क्यारियरमा ध्यान दिने भने पनि हाल फेरि मेगन नयाँ साथीको खोजीमा रहेको समाचारमा चर्चा गरिएको छ। उनी त्यस्तो साथीको खोजीमा छिन्, जो एक अन्जान र आकर्ष होस्। आफूभन्दा पाको उमेरको युवकलाई मन पराउने मेगनले कलाकारलाई पनि एक यौनकर्मीसरह दाँज्न थालेपछि पछिल्लो समयमा उनी आलोचित बनेकी थिइन्।

July 29, 2009

हामी नेपाली

अन्तिम लडाइँको गन्ध




यो देश धेरैले सोचेभन्दा धेरै बलियो छ तर धेरैले सोचेभन्दा धेरै जर्जर पनि भइसकेको छ । यो देशका अभूतपूर्व राजनीतिक घटनाक्रमहरू तुलनात्मक रूपमा शान्तिपूर्ण ढंगबाट जसरी अघि बढे, ती साँच्चीकै असाधारण उदाहरणहरू हुन् तर हाम्रो भविष्य महाभीरमा उभिएको छ भन्ने तथ्यलाई अस्वीकार नगरौँ ।
अनौपचारकि कुराकानीमा सबै दलका नेताहरू यस्तै चाला हो भने संविधान ढिलो लेखिने मात्र होइन, लेखिँदै नलेखिन सक्छ भन्न थालिसकेका छन् । संविधान निर्माणको पूर्वनिर्धारति कार्यतालिका पाँचपटक संशोधन भइसकेको छ । संविधान लेख्न १० महिना मात्र बाँकी छ । संविधानसभाको सबभन्दा महत्त्वपूर्ण संवैधानिक समिति माधव नेपाल प्रधानमन्त्री बनेपछि सभापतिविहीन भएको छ । संविधानको अवधारणा बनाउने ११ मध्ये सातवटा समितिहरूले आफ्नो मस्यौदा तयार पार्न सकेका छैनन् । ती समितिहरूभित्र महत्त्वपूर्ण विषयहरूमा सहमति हुन सकेको छैन र कतिपय विषयहरू यति जटिल छन् कि तिनमा सहमतिको सम्भावना एकदम कम छ । हुँदा-हुँदा छलफल गर्ने मस्यौदा र अवधारणाको अभावमा संविधानसभा नै कार्यसूचीविहीन भएर अनिश्चितकालका लागि स्थगित भएको छ । विषयको गाम्भीर्यलाई सबैले बुझेका छन् तर सबै 'मै ठीक'मा अडिग छन् । अहिले त चाला यस्तो छ भने जब दुई-तिहाइ बहुमतले संविधानका धाराहरू पारति गर्नुपर्ने हुन्छ, सहजै अनुमान लगाउन सकिन्छ, स्िथति कस्तो होला ।
यहाँ धेरै विश्लेषक र राजनीतिज्ञहरूमा दृढ विश्वास के छ भने स्िथति जति नै जटिल अवस्थामा पुगे पनि अन्ततः सहमति हुन्छ । कुरा साँचो हो किनभने अहिलेसम्म भएको पनि त्यही हो । हरेकचोटि 'लौ अब बर्बाद भयो, अब ठूलै अनिष्ट हुने भयो, देश भीरबाट खस्ने भयो' भन्ने अवस्थामा पुगेपछि, सबै मिलेर या एउटा पक्ष झुकेर, देशलाई पुनः सुरक्षित स्थानमा तानेर लिएर आउने गरएिको छ । तर, त्यस्तो खतरा सधैँ मोलेर, गर्व गर्ने कुरा होइन । खसेपछि त खसिहाल्यो, सक्किहाल्यो । माओवादीहरू 'संक्रमणकालमा यस्तो भइहाल्छ, आत्तिनु हुँदैन' भनेर यो अवस्थाको औचित्य पुष्टि गर्न पनि खोज्छन् । त्यसबाहेक देशमा शान्तिसुरक्षाको स्िथति नाजुक छ भने क्षेत्रीयता, जातीयता, दण्डहीनता, अराजकता, अकासिँदो बजारभाउ आदिबाट सर्वसाधारणले सामना गर्नुपरेको समस्याको त कुरा गरेर साध्य भएन ।
यस्तो अवस्थामा देश बढ्दो रूपमा 'अन्तिम लडाइँ'को चरणमा प्रवेश गर्न लागेको गन्ध आउन थालेको छ । माओवादीहरू अहिले त्यो चाहँदैनन् किनभने, उनीहरूमा त्यस्तो लडाइँबाट आफू हावी हुने विश्वास छैन । हुँदो हो त, उनीहरूले त्यो बाटो निश्चय पनि अवलम्बन गर्ने थिए । अन्य दलहरू पनि त्यस्तो लडाइँको पक्षमा छैनन् । तर, नेपाली सेनाका कतिपय उच्चपदस्थ जनरलहरू र खासगरी सेनापति रुक्मांगद कटवाल बढ्दो रूपमा 'फाइट टू फिनिस'को पक्षमा रहेको देखिन थालेका छन् । उनीहरूको मान्यता के छ भने, 'माओवादीहरूले देशमा लाद्न चाहेको सर्वसत्तावाद नै हो, तिनीहरूका लागि एउटै अड्चन भनेको नेपाली सेना मात्र हो, देशमा लोकतन्त्र जोगाउने हो भने माओवादीहरूलाई सबै लोकतन्त्रवादीहरू मिलेर, सेनाको सहयोगमा पेल्नैपर्छ र त्यसका लागि अहिलेको भन्दा अर्को राम्रो अवसर आउन सक्दैन किनभने माओवादीहरू अहिले जति कमजोर अवस्थामा पहिले कहिल्यै थिएनन् ।'
माओवादीहरू अहिले कमजोर अवस्थामा भएको कुरा साँचो हो । अब अधिकांश माओवादी नेताहरू फर्किएर जंगल या भारत जान सक्दैनन् । ती जंगल र भारतको बसाइँबाट थाकिसकेका छन् । धेरैले त प्राडो र पजेरोको स्वाद पनि चाखिसकेका छन् । भारत जानका लागि त पहिलेजस्तो दिल्लीले आँखा चिम्लिदिने सम्भावना पनि कम छ । सहरी विद्रोहबाट ती सफल हुने सम्भावना झन् कम छ । तिनले सहरी विद्रोहको धृष्टता गरे भने सम्पूर्ण माओवादीइतरका शक्तिहरू एक भएर सबै सुरक्षा निकायहरू परचिालित गर्नेछन्, जसलाई माओवादीहरूले थेग्न सक्ने छैनन् । तिनलाई अन्तर्राष्ट्रिय समुदाय, खासगरी भारतको पनि सहयोग हुने छैन । सोही तथ्यलाई बुझेर माओवादीहरू अहिले हरेक मोर्चाबाट पछि हट्दैछन् । यही मौका छोपेर सेनाचाहिँ बढी आक्रामक हुँदै अघि बढ्न खोजिरहेको छ । सेनापति कटवाल माओवादीहरूले संसद् खोल्न दिएकामा अत्यन्त निराश भएको हुनुपर्छ किनभने संसद् नखुलेको भए राष्ट्रपति र दलहरूसमक्ष आफ्नो चाहनालाई सावित गर्न उनलाई ठूलो मौका मिल्ने थियो । सो मौका गुमेका कारण कटवाल आफूले अवकाश पाउनुअगाडि नै स्िथतिलाई चर्काउने अर्को मौकाको खोजीमा भएको देखिन्छ । यदि सेनाले घातक हातहतियार, नियमित पदपूर्ति र नयाँ दरबन्दीका लागि गरेको प्रस्तावबारे अखबारहरूमा आएका समाचारहरू सत्य हुन् भने त्यो वर्तमान राजनीतिक स्िथतिलाई चर्काउन जानीजानी गरएिको प्रयास हो भन्ने सहजै बुझ्न सकिन्छ ।
कटवालले सैनिक संस्थाका लागि लिएको अडानबाट सेनाभित्र र बाहिर जुन विश्वास जितेका थिए, अहिले त्यो विस्तारै कमजोर हुँदै गएको छ । पछिल्लो समयमा आएर हरेक कुरामा उनी सरकारलाई 'डिक्टेट' गराउन खोजिरहेका छन्, जसले पछिका लागि पनि राम्रो नजिर स्थापना गर्दैन । घटनाक्रमले अनपेक्षित मोड लिएको अवस्थामा बाहेक अबको छोटो पदावधिका कारण कटवाल स्वयंले सेनालाई राजनीतिमा होम्ने सम्भावना अत्यन्त न्यून छ तर पछिल्ला दिनहरूमा उनले सेनाभित्र र बाहिर यस्तो माहोल सिर्जना गर्न खोज्दैछन्, जहाँ उनको सोचाइमा दुई पक्ष मात्र हुन सक्छन्, कि माओवादी भितरको कि इतरको पक्ष । त्यो रेखा नखिच्ने हो भने नेपाल सधैँ घसि्ररहन्छ र नेपालमा शान्ति र लोकतन्त्र स्थापना हुन सक्दैन भन्ने सन्देश उनले सबैतिर प्रवाहित गररिहेका छन् । कटवालले अवकाश पाए पनि त्यो सन्देशसँग सहमत जनरलहरू नेपाली सेनामा धेरै छन् । त्यसैले, राजनीतिक तहमा यस्तै अस्तव्यस्तता रहने र शान्ति प्रक्रिया र संविधान लेखनको कुरा यसैगरी अन्योलमा रहिरहने हो भने आउँदा दिनहरूमा सेना नेपाली राजनीतिमा राम्रैसँग हावी हुने सम्भावनालाई नकार्न सकिँदैन । जर्जर देशमा 'अन्तिम लडाइँ' भयो भने स्िथति के होला, जिम्मेवार पक्षहरूले गम्भीरतापूर्व सोचिदिए सबैको भलो हुने थियो ।

--- मनुज चौधरी

जय सिनेमा

काठमाडौं, कम्युनिस्ट पार्टीमा संगठित भएकाहरू भ्ोटेमा लालसलाम भनी सम्बोधन गर्छन् । त्यस्तै नेपाली कांग्रेसमा मत राख्नेहरू जयनेपाल भन्ने गर्छन् । हरेक राजनीतिक पार्टीको आ-आफ्नै सम्बोधन गर्ने शैली भएजस्तै चलचित्र क्षेत्रलाई नै पेसा बनाएकाहरू सम्बोधनमा के भन्छन् भनेर कसैले सोधे तपाइर्ं अलमलमा पर्न सक्नुहुन्छ ? अब भने अलमल हुन पर्दैन ।
चलचित्रकर्मीको आफ्नै सम्बोधन प्रयोग गर्न सक्नुहुनेछ । त्यो हो 'जय सिनेमा' । अब तपाईको मनमा यो कसरी भयो भनेर खुलदुली लागेको होला । खुल्दुली लाग्नु पनि

स्वाभाविकै छ ।

विगत ७ महिनादेखि जय सिनेमा अभियानलाई अगाडि सारेका छन् एकजना क्यामराम्यानले । उनको नाम हो दीपक बान्तोवा ।

पुरानो चलचित्र 'चिनो' मा छायांकनको भूमिका निर्वाह गरेर चलचित्र क्षेत्रमा पाइला टेकेका दीपक अहिले चलचित्रमा जय सिनेमाको अभियान अगाडि सार्नतर्फ धमर्धुस छन् । अभियानको पहिलो सुरुवात करिब ३ जना कलाकारलाई एसएमएस पठाएर गरे । यतिमात्र कहाँ हो र उनले लगभग ३/४ सय वटा जय सिनेमा लेखेको टोपी चलचित्रकर्मीलाई लगाउन प्रेरित गरे भने आफू पनि स्वयम् लगाएर हिँडे । यस्तैगरी नयाँ वर्षको उपलक्ष्यमा जय सिनेमा लेखेको क्यालेन्डर, क्यामेरा कभरसमेत बाँडे ।

यसो गर्नुको मुख्य उद्देश्य के होला भनेर तपाईको मनमा अर्को खुल्दुली लागेको होला । दीपकका अनुसार नेपाली चलचित्रमा चलचित्रकर्मीको आफ्नो छुट्टै पहिचान देखाउन उनले यस्तो अभियान चालेको बताए । र यो अभियानलाई सबै कलाकारले पनि स्विकारेको उनको विश्वास छ । 'सबै कलाकारले यो अभियान मन पराए,' उनले भने, 'अझ यसलाई सहयोग गर्न पनि तयार छन् ।'

दीपकको यस अभियानलाई नेपाली कलाकारिता क्षेत्रमा स्थापित गराउने धोको छ । नभन्दै अचेल उनको यो धोको साँच्चिकै पूरा होलाजस्तो छ । के आधार जान्न चाहनुहुन्छ ? अचेल दीपकको जय सिनेमा अभियानलाई नेपाली चलचित्रकर्मीदेखि दिएर कार्यक्रम सञ्चालकहरूले समेत मुखमा 'जय सिनेमा' झुन्डाएका छन् । कलिउडकी प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठले यस्तो अभियानले चलचित्रकर्मीलाई आफ्नो कामप्रतिको सम्मान हुने विश्वास राख्छिन् । 'कलाकारिता हाम्रो पेसा हो,' सुचित्राले गर्भ गर्दै भनिन्, 'यसको सबैले सम्मान गर्न सिक्नुपर्छ र अरूभन्दा पृथक् हुनुपर्छ ।'

कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले आफ्नो हरेक कार्यक्रमको सुरुमा र अन्त्यमा जय सिनेमा भन्न छुटाउँदैनन् । प्रकाशको जय सिनेमा भन्ने बानी नै भइसक्यो । जहाँ जाउन्, जोसँग भेटुन् नमस्कारको साटो जय सिनेमा भन्छन् उनी ।

दीपकले यस अभियानलाई अगाडि बढाउन अझ निरन्तर संघर्ष गरिरहेका छन् । जवानी हुँदासम्म मात्र कलाकारको महत्त्व हुन्छ, त्यसपछि ऊ अस्ताएको घामजस्तै निस्त्रिmय भएर बस्नुपर्ने अवस्था छ । यो प्रवृत्तिलाई चुनौती दिन 'जय सिनेमा' को अर्को अभियान हो । दीपकका अनुसार बुढ्यौली कलाकारलाई स्कुलमा कलासम्बन्धी पढाउने र सिकाउने मौका दिनुपर्छ । यसले कलाकारको सम्मान पनि हुन्छ र नेपाली कलाकारिताप्रति बालमनोभाव बढ्दै जान्छ । बान्तोवाको विचारमा यस अभियानले नेपाली चलचित्रको विज्ञापन गर्नेछ । २२ वर्षदेखि चलचित्र क्षेत्रमा छायांकनको काम गर्दै आएका बान्तोवाले तीन वर्ष पहिलेबाट यस अभियानमा लागेको बताउँछन् ।

दीपकले प्राविधिक भएर चलचित्रमा खेप्नुपरेको समस्यालाई पनि यसै अभियानबाट निरुत्साहित गर्ने योजनामा रहेको बताए । प्राविधिकले समयअवधिभन्दा बढी खट्नुपर्ने तर खटेअनुसार पारिश्रमिक नपाइने दीपकको गुनासो छ । बलिउडमा ८ घन्टाको एक सिफ्टको मान्यता दिइन्छ । तर कलिउडका प्राविधिकलाई तोकेभन्दा बढी काम गराउने प्रवृत्ति छ । यीलगायतका समस्या हटाउन दीपकले अब चाँडै नै नेपाल चलचित्र विकास बोर्डमा कुरा राख्ने भएका छन् ।

यसरी जय सिनेमा अभियानका तत्कालीन योजना निम्न छन् जिय सिनेमा क्लव गठन गर्ने चिलचित्र नभएको ठाउँमा चलचित्र पुर्‍याउन पहल गर्ने चिलचित्र प्राविधिकलाई निर्धारित समय, उचित पारिश्रमिकको व्यवस्था स्थापित गराउन पहल गर्ने ।

नेपाली चलचित्रको परम्परागत धारलाई परिवर्तन गर्ने उद्देश्यले निर्मित यो अभियानले के साँच्चिकै सफलता हासिल गर्नसक्ला त ?

July 15, 2009

just For Laugh


स्पोर्टस बाइकको भाउ नै घटाएन
बजेटले, अब यै चारपांग्रे भएँनि चढ्...
तेरो एसएलसी पुरस्कारलाई नि पास,
०६६/६७ को बजेटले नि पास।

July 12, 2009

Vodafone Qatar to open retail store today at Landmark Mall

DOHA: Vodafone Qatar will officially open to the public today its first retail store at Landmark Mall. Vodafone customers who wish to pay their Flexi plan monthly payment using their bank account details can now do so at the store.

Vodafone Qatar officially launched its mobile services for the public on July 7 and opened its online store at www.vodafone.com.qa the same day. The website, which offers English and Arabic versions, has instructions on how customers can register, choose their numbers, avail of the promotions and get their Sim pack.

To join, customers should choose a Flexi plan they are comfortable with, open a Freedom account, select the number, and after going through this process comes the ‘Welcome Pack’ to get started. A Flexi plan is Vodafone’s monthly plan service that offers customers local and international calling, local and international SMS, roaming and mobile Internet. Customers will pay a single rate for local calls and another single rate for international calls.

The online purchase of Flexi plans are only for customers with Visa or Mastercard credit cards.

Customers who do not have credit cards and wish to purchase any of Vodafone Qatar’s Flexi plans can use their bank account details to purchase the plans at Vodafone’s retail locations here.

Vodafone’s Flexi plan includes the Flexi 110 where customers get a bonus value of QR20 and 110 free minutes; Flexi 220 with QR60 bonus value and 220 free minutes; Flexi 330 with a bonus value of QR140 and 330 free minutes; and Flexi 550 with QR300 bonus value and 550 free minutes. Vodafone will include Flexi 35 with QR2 bonus value and 35 free minutes; and Flexi 55 with QR5 bonus value and 55 free minutes later, and this can be purchased at their retail outlets.

THE PENINSULA

July 1, 2009

भारतीयका लागि ठूलो भयो कण्डम


अन्तराष्ट्रिय मापदण्ड अनुसार बनाइएका कण्डम भारतीय पुरुषहरुका लागि भने ठूलो हुने गरेको अध्ययनले जनाएको छ । भारतीय पुरुषहरुको लिंगको आकारभन्दा कण्डमको आकार ठूलो भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सार्वजनिक गरेको प्रतिवदेनमा लेखिएको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार बनाइएका कण्डम भारतीय पुरुषहरुका लागि तीनदेखि पाँच इन्चसम्म ठूलो हुने गरेको छ । प्रतिवेदनमा ठूला कण्डमहरुले यौन सन्तुष्टि कम हुने गरेको तथा यसको उपयोग असफलतातिर लागेको लेखिएको छ ।

इन्टरनेटमार्फत प्रेम नगर्नुहोस् है !

तपाईं कतै इन्टरनेट सम्पर्कमार्फत कसैसँग गहिरो प्रेम सम्बन्ध गाँसिरहनु भएको त छैन ? यदि त्यो गरिरहनु भएको छ भने होस गर्नुहोस् तपाईंलाई त्यो व्यक्तिले फसाइरहेको पनि हुनसक्छ । जस्तो कि एक जना अस्ट्रेलियन महिला त्यसैगरी इन्टरनेटमार्फत प्रेम गर्ने चक्करमा नराम्ररी फस्न पुगिन् र उनले निकै ठूलो रकमसमेत गुमाउनु पर्‍यो ।

५६ वर्षीया अस्ट्रेलियन महिलालाई नक्कली प्रेम जालमा फसाएर पैसा धुत्ने व्यक्ति भने नाइजोरियाको एउटा १९ वर्षे किशोर हुन् । एक दशकअघि नै पति गुमाएर विधवा जीवन बिताउँदै आएकी ती अस्ट्रेलियन महिलालाई इन्टरनेटमार्फत निज १९ वर्षे लाबल अदिकुनल नुरुदिन नामक नाइजेरियाली किशोरले आफू ५७ वर्षको विदुर भएको र पुनः विवाहका निम्ति उपयुक्त महिलाको खोजीमा रहेको भन्दै विवाह प्रस्ताव राखेछन् । केही महिनाको मात्र इन्टरनेट सम्वादपछि नै आएको यस्तो प्रस्तावलाई ती महिलाले पनि सहर्ष स्वीकार गरिछन् ।

आफू बेलायती नागरिक भएको र हाल लागोस्स्थित एक अन्तर्राष्ट्रिय संस्थामा इन्जिनियरका रूपमा कार्यरत भएको भन्दै ति किशोरले आˆनी पूर्व पत्नी र एक छोराको एक वर्षअघि मात्र लागोस्मै कार दुर्घटनामा मृत्यु भएको झूठो विवरण दिँदै विवाह प्रस्ताव राखेकी अस्ट्रेलियन महिलालाई विवाहका निम्ति आफू अस्ट्रेलिया आउन तयार रहेको जनाउसहित त्यसका लागि हवाई भाडा र बाटा खर्च पठाइदिन आग्रह गर्दछन् । अन्धो प्रेममा परेकी ती महिलाले तत्कालै निजलाई ४७ हजार डलर पढाइदिन्छन् । यसरी खर्च पठाएको लामो समय बित्दा पनि ती व्यक्ति अस्ट्रेलिया नआएपछि र नेट सम्पर्कबाट समेत बाहिर रहेपछि पीडित महिला स्वयं लागोस् आई पुगिन् र पीडक व्यक्तिको खोजीमा लागिन् । नभन्दै नाइजेरियाली प्रहरीको सहयोगमा ती किशोर पक्राउ परे । प्रहरीले उनलाई ठगी गरेको रकम क्षतिपूर्ति दिन आदेश दिँदै थप सजायका निम्ति न्यायालयमा पेश गरेको छ ।