नेपालमा हालै मात्र अप्रत्याशित रुपमा विश्व आतंकवादी संगठन अलकायदाको औपचारिक रुपमै प्रवेश भएको रहस्य खुलेको छ। मुश्लिम अतिवादी मात्र रहेको ठानिएको उक्त संगठनले नेपालमा भने आफ्नो संगठनको विस्तारका लागि चौधरी समूदायलाई छानेको छ।
किनकी नेपालको चौधरी समूदाय नेपाल टुक्रयाउने भारत र अमेरिकी नीति विपरित रहेका छन् । उनीहरूले समग्र मधेश एक प्रदेशको विरोध गरेको अवस्था छ। नेपालमा अल कायदाको संगठन विस्तार गर्नका लागि भारतको नयाँदिल्लीमा प्रधान कार्यालय स्थापना गरिएको छ। नेपालमा अल कायदाको संगठन विस्तार गर्न डा. असलाम खानले ०६५ असारमा नेपालको धनगढिमा आउँदा समेत नेपालका प्रहरी, शशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सैनिक गुप्तचर मात्र नभएर नेपालमा छ्यापछ्याप्ती भएका सिआईए र रअका प्रतिनिधिहरू समेतले एक वर्षसम्म थाहा पाउन नसक्नु रहस्य कै विषय छ। अझ अभियुक्त पक्राउ गरी उनीहरूले आफूहरू अलकायदाका प्रतिनिधि भएको साविति वयान दिईसकेको अवस्थामा पनि नेपाल प्रहरीले पक्राउ परेका ब्यक्ति नक्कली अलकायदा भएको प्रमाणित गर्ने कोशिस गरिरहेको छ। अलकायदाका लागि नेपालमा काम गरिरहेका ६ जनालाई कैलाली प्रहरीले पक्राउ गरी साविति वयान लिईसक्दा पनि त्यसलाई पत्यार गरिएको थिएन। तर जव त्रिवि अन्तराष्ट्रिय विमानस्थलवाट अलकायदासँग सम्वद्ध एक पाकिस्तानी नागरिक पक्राउ परे त्यसपछि मात्र नेपालको सुरक्षा निकाय झस्किएको छ। अल कायदाले किन आँखा गाड्यो नेपालमा? उसको उदेश्य के छ? र कस्ले उसलाई सुरक्षा र सहयोग दिईरहेको छ? यो आजको प्रमुख खोजीको विषय वनेको छ। अघि अघि विन लादेन पछिपछि अमेरिका भन्ने विश्वब्यापि उखान नै छ। के अमेरिकालाई नेपालमा प्रवेश गर्ने वातावरण वनाउन कै लागि अलकायदाको प्रवेश भएको होला त? त्यो पनि खोजीकै विषय छ। नेपाल आफै अन्तराष्ट्रिय अपराधी र आतंकवादीको उत्पादन गर्ने देश नभए पनि नेपालका केही राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता भारत, पाकिस्तान र अमेरिकावाट पालित पोषित भएका कारण उनीहरू मार्फत कतिपय आतंकवादी समूहका सदस्यहरू नेपालमा प्रवेश गरी नेपाललाई आश्रयस्थल वनाउने गरेको कुरामा विवाद गर्ने ठाउँ छैन। किनकी त्यस्ता विदेशी एजेन्ट नै धेरैजसो सरकारको महत्वपूर्ण पदमा पुग्ने गरेका छन््। नेपालका गुप्तचरहरूमा पनि विदेशीको घुसपैठ भएका कारण कतिपय आतंकवादीहरू वेलावखत नेपाल छिनर््े गरेको आरोप पनि लाग्ने गरेको छ। सन् १९९९ मा नेपालवाट इन्डियन एयरलायन्सको जहाज अपहरणमा परेको थियो। अहिलेका उपप्रधानमन्त्री त्यतिवेला पर्यटनमन्त्री हुनुहुन्थ्यो। त्यसपछि नै नेपालले पहिलो पटक अन्तराष्ट्रिय आतंकवादको समस्या झेल्नु परेको थियो। यही कारणले नेपालमा अनावश्यक रुपमा अन्तराष्ट्रिय सुरक्षाकर्मीको आवत जावत पनि वढेको छ।
घटनाक्रमलाई हेर्दा के देखिन्छ भने पाकिस्तानी नेता डा. अब्दुल्ला आजमले पेशावरमा अपराधिक मुजाहिद्धिनलाई सहयोग गर्ने उदेश्यले मख्तवा अल सिदमत नामक संगठन खोलेका थिए। जसमा आजम प्रमुख र विन लादेन उप प्रमुख थिए। लादेनले सन् १९८० को जुनमा आजमवाट फुटेर अरव वि्रगेड खोलेका थिए। अलकायदा वा आधार क्षेत्र भन्ने शब्द आजमले एक लेख मार्फत लेखेका थिए। केही समयपछि आजमको हत्या भयो। त्यो हत्यामा लादेनको हात रहेको अनुमान गरिएको थियो। सन् १९८७ को जुनमा अफगानिस्तानको अजिमा शिविर खोलेर विन लादेनले अलकायदाका लडाकु र शोभियत फौजवीच भिडन्त गराएर अमेरिकालाई सहयोग गरेका थिए। जसले अमेरिकाको अफ्गानिस्तानवाट सोभियत फौज धपाउने रणनीतिलाई भरपुर वल पुगेको थियो। यो भिडन्त संसारभर चर्चाको विषय वनेको थियो। सोही घटनावाट लादेन पहिलो पटक विश्वभर चर्चामा आएका हुन्। अमेरिकाले अफ्गानी सेना कै प्रयोग गरेर रुसी सेनालाई डाँडो कटाए पनि युद्धवाट क्षतिग्रस्त अफ्गानिस्तानको भौतिक र सामाजिक सुधारमा अमेरिकाले कुनै ध्यान दिएन। जसले गर्दा अफ्गानिस्तान भोकमरी र अभावका साथै अराजकता र आतंकवादको रणभूमी वन्यो। अलकायदाले अन्य स्थानिय अतिवादीको साथ लिएर आफ्नो प्रभाव विस्तार गर्ने थप वल प्राप्त गर्यो । उसले शैक्षिक संस्था विरुद्ध आक्रमण वढाएको छ र मुश्लिम कानूनको नाममा मानव अधिकारको गंभिर उलंघन गरिरहेको छ। विभिन्न देशमा वैज्ञानिक र आधुनिक शिक्षा हुनुपर्नेमा जियादी शिक्षाको वकालत गर्दै आएको छ। अहिले अल कायदाको संगठन विस्तार भएर अमेरिका, वेलायत, अष्ट्रेलिया, अफ्रिका र एशियाका ४० भन्दा वढि देशमा प्रभाव कायम भएको मानिन्छ। विन लादेन अहिले पनि तालिवान नियन्त्रित अफ्गानिस्तान एवं सुडानका आफ्ना आश्रयस्थलहरूमा लुकेको हुनसक्ने अनुमान गरिएको छ। विन लादेन लुकेको हुनसक्ने अनुमान कै भरमा अमेरिकाले अफ्गानिस्तानमा आफ्ना सैनिकको संख्या अत्यधिक वृद्धि गर्दै लगेको छ भने पाकिस्तानले पनि अमेरिकी वमवारीको पटक पटक सामना गर्नु परेको छ। सन् १९८० मा अफ्गानिस्तान पुगेका लादेनले त्यहीं वसेर अरवी मुलुकका लडाकुलाई परिचालन गर्न र तालिम शिविर चलाउन थालेका थिए। पछि सुडान गएका लादेनले सोमालिया,दक्षिण यमन र साउदीको रियादमा अमेरिका विरोधी गतिविधि संचालन गरेका थिए। त्यसपछि सउदीले लादेनलाई अवाञ्छित ब्यक्ति घोषणा गर्दै उनको नागरिकता खारेज गर्ने तथा सम्पति रोक्का गर्ने सम्मको निर्णय गरेको थियो। त्यसपछि नै सुडानमाथि आतंकवादीलाई आश्रय नदिन अन्तराष्ट्रिय दवाव वढेको थियो। सुडानमै त्यतिवेला लादेनको हत्या गर्ने प्रयास समेत भएको थियो। त्यहाँवाट वालवाल वचेका विन लादेन सन् १९९६ को मेमा फेरी अफ्गानिस्तान फर्किएका थिए र उनी हालसम्म त्यसै सेरोफेरोमा रहेर आफ्ना गतिविधि संचालन गरिरहेका छन््। अमेरिकाले अफ्गानिस्तानमा आक्रमण गर्नुका साथै कठपुतली सरकार खडा गरेर आफ्नो सैनिक संख्या वढाएपछि दक्षिण एशिया थप आतंकित वनेको छ। अमेरिकाको दमनसँग सँगै अतिवादीहरू पनि थप हिंश्रक वन्दै गएका छन््। अमेरिकाको टि्वन टावरमा भएको हमला अत्यन्त हिंश्रक र अमानवीय छँदै थियो अमेरिकाले पनि सोही शैलीमा शत्रुमाथि आक्रमण्म गर्योा र गर्दै रहेको छ। युद्धवाट विजय खोज्ने अमेरिकी प्रयास आफैमा प्रत्युत्पादक वनेको छ। अमेरिकी आक्रमणवाट तमिल लगायतका अतिवादीहरूको आधार शिविर भत्कीएपछि मुश्लिम लडाकुको ओइरोले पाकिस्तान समेत अहिले चरम संकटमा परेको छ। त्यसमा भारत र अमेरिकाको घेरावन्दी त छँदैछ। स्वातफेरीवाट तालिवानहरूलाई लखेटे पनि थुप्रै स्थानहरू तालिवानी आक्रमणको निशाना वन्दै आईरहेका छन््। सन् १९९३ मार्च १२ मा भारतको मुम्वई र भारतीय संसदमा श्रृङ्खलावद्ध आक्रमणहरू भएका थिए। सन् २००६ को जुलाई ६ मा अर्को श्रृङ्खलावद्ध आक्रमणको शिकार वन्यो भारत। पछिल्लो पटक सन् २००८ को नोभेम्वर २७ मा मुम्वईका दुईवटा तारे होटलमा एकसाथ आतंकवादी हमला भएको थियो। यी घटनामा कुनै न कुनै रुपमा अलकायदा लगायत पाकिस्तानमा रहेका अतिवादीको हात रहेको आरोप लाग्दै आएको स्पष्ट छ। सीमापारीका आतंकवादी संगठनवाट दक्षिण एशियाका कुनै पनि देश सुरक्षित हुन सकिरहेका छैनन्। अमेरिकी गुप्तचर संस्था सिआईएसँगको १० वर्षको सम्वन्धका कारणले पनि लादेनले अमेरिकी योजना पहिले नै थाहा पाउने गरेको वताइन्छ। नेपालमा अमेरिका समर्थित सरकार गठन भएको र अमेरिकाले चीनलाई घेरावन्दी गर्न नेपाली भूमिलाई प्रयोग गर्ने प्रयास गरिरहेको सन्दर्भमा नेपालमा पनि अलकायदाको प्रवेश भएको हुनसक्ने अनुमान गर्न सकिने थुप्रै आधारहरू छन््। विनलादेन सहितका अलकायदाका सवै नेताहरूलाई रेडकर्नर नोटिश जारी गरी जिउँदो वा मृत अवस्थामा फेला पार्नेलाई ठूलो रकमको पुरस्कारको घोषणा भैसकेको छ। यस अर्थमा पनि अलकायदाले नेपालमा आश्रयस्थल वनाउन खोजेको हुनसक्छ। कुनै पनि दिन विन लादेन नेपाल प्रवेश गरेको हौवा फिजाएर अमेरिकालाई हस्तक्षेपका लागि वातावरण तयार गरिंदै गरेको पनि हुन सक्छ। पर्याप्त पैसा, हतियार र तालिम प्राप्त अलकायदालाई भारत र अमेरिकाले सामान्य जीवनमा फर्काउने भन्दा भड्काउने गतिविधि गर्दै आएका छन््। यसैले गर्दा दक्षिण एशियाको अधिकांश क्षेत्र आतंकवादको चपेटामा परेको छ। नेपालमा मात्र अलकायदा वाहेकका विभिन्न नामधारी १२८ भन्दा वढि आक्रमणकारी समूहहरू कार्यरत रहेका छन््। जसका पछाडि कुनै न कुनै रुपमा भारत, पाकिस्तान र अमेरिकाको सहयोग र समर्थन रहेको छ। उनीहरूको उत्पति र चलखेल मुख्य रुपले तराईका पर्सादेखि मोरङसम्मका आठ जिल्लामा हुने गरेकोमा वर्तमान सरकार गठन भएपछि त्यसले राजधानीमा प्रवेश पाएको छ। मध्य पश्चिम र सुदुर पश्चिमका जिल्लाहरू संक्रमित हुदै गएका छन््। वल प्रयोग गरेर समाधान खोज्दा द्वन्द र अशान्तिको खेती थप मौलाएको छ। सीमापारको आतंकवादले दक्षिण एशियाका हरेक देशमा आन्तरिक समस्या गंभिर र जटिल वन्ने गरेको छ। जुन देशमा राजनीतिक स्थायित्व हुदैन त्यो देशमा आतंकवादले जरा गाड्ने गरेकाले नेपालमा पनि अस्थिरता वढ्दै गएपछि अलकायदाको संगठन विस्तार गर्ने प्रयास भएको हुन सक्छ। वर्तमान सरकारमा अमेरिकी, भारतीय र केही पाकिस्तानीहरूको समेत संलग्नता रहेको चर्चा गरिंदै छ। कुनै दिन पाकिस्तानी आतंकवादीहरूसँग सम्वन्ध रहेको भनिएका र रहस्यमय ढंगले मारिएका मिर्जा दिलसाद वेगसँग नाम जोडिएकाहरूलाई गृह प्रशासनमा स्थापना गरिएको छ। उनीहरू नै दमनका स्वरहरू मार्फत हिंसा भड्काउने प्रयास गरिरहेका छन््। यस्तो अवस्थामा नेपालमा अलकायदाको प्रवेशलाई यसै सेरोफेरोमा खोजिनु जरुरी छ। निश्चितै छ यो सरकार रहेसम्म नेपालमा शान्ति हुदैन र यस्ता आतंकवादीहरूले प्रवेश पाईरहने छन््। किनकी यो सरकार नेपालको शान्ति प्रक्रिया विथोलेर माओवादीलाई फेरी जंगल पठाउन र सत्ता कब्जा गर्न उद्यत छ। जसलाई राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति केन्द्रहरूले हर तरहले भरपुर सघाईरहेका छन््।
नेपालका सशस्त्र विद्रोही समूहहरू
सिनं. नेपालका सशस्त्र विद्रोही समूहहरू सिनं. नेपालका सशस्त्र विद्रोही समूहहरू
००१ अखिल तराई मुक्ति मोर्चा (गोइत) ०५५ इन्टरनेशनल टाइगर्स
००२ अखिल तराई मुक्ति मोर्चा (प्रताप) ०५६ तराई मिलिट्री मोर्चा
००३ जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वालासिंह) ०५७ संयुक्त जनतान्त्रिक (आनन्द)
००४ जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन) ०५८ राष्ट्रिय समानान्तर ज्वालामुखी
००५ जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी) ०५९ मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी)
००६ तराई गणतान्त्रिक मुक्ति मोर्चा ०६० जनतान्त्रिक मुक्ति मोर्चा
००७ सुप (सुदूरपश्चिम) क्रान्ति दल ०६१ जनशक्ति क्रान्तिकारी पार्टी
००८ जनतान्त्रिक तराई मुक्ति मोर्चा (विस्फोट) ०६२ तराई संयुक्त जनतान्त्रिक पार्टी
००९ नेपाल डिफेन्स आर्मी ०६३ संयुक्त थारु मुक्ति मोर्चा
०१० राष्ट्रिय आर्मी नेपाल ०६४ पल्लो किरांत लिम्बुवान राष्ट्रिय मञ्च
०११ जनवादी गणतान्त्रिक तराई मुक्ति मोर्चा ०६५ तराई इन्काउन्टर पार्टी
०१२ तराई कोब्रा ०६६ तराई एकता परिषद्
०१३ तराई बागी ०६७ महान मधेस क्रान्तिकारी पार्टी
०१४ नेपाल जनतान्त्रिक पार्टी ०६८ शान्तिका लागि क्रान्ति तराई
०१५ थारु राष्ट्रिय मोर्चा नेपाल ०६९ मधेस तराई मञ्च
०१६ नेशनल रिपब्लिकन पार्टी नेपाल ०७० रोयल डिफेन्स आर्मी
०१७ मधेस स्पेसल फोर्स ०७१ खम्बुवान राष्ट्रिय मोर्चा
०१८ मधेसी भाइरस किलर पार्टी ०७२ खम्बुवान डेमोक्रेसी मञ्च
०१९ उन्थान संघ ०७३ संंघीय लिम्बूवान राज्यपरिषद् (कुमार लिङ्देन)
०२० नेशनल टेररिष्ट इन्काउण्टर कमिटी ०७४ संघीय लिम्बूवान राज्य परिषद् (सञ्जुहाङ पालुहा्वा)
०२१ लिवरेसन टाइगर अफ तराई इलम (एलटीटीइ) ०७५ संघीय लिम्बूवान राज्यपरिषद् (मिसेकहाङ)
०२२ गोर्खा मुक्तिमोर्चा ०७६ जनतान्त्रिक तराई मुक्तमोर्चा (तुफान)
०२३ जनतान्त्रिक तराई मुक्तिमोर्चा (पवन) ०७७ अखिल तराई मुक्तिमोर्चा
०२४ नेपाल गणतान्त्रिक योङ टाइगर्स ग्रुप ०७८ रेभ्यूलुशनरी लेफ्ट विङ्ग
०२५ तराई जनक्रान्ति मोर्चा ०७९ मधेसी साइलेन्ट किलर्स
०२६ संयुक्त जनक्रान्ति मोर्चा ०८० तराई राष्ट्रिय मुक्ति सेना
०२७ नागराज ०८१ तराई राष्ट्रिय जनक्रान्ति पार्टी (क्रान्तिकारी)
०२८ जीएएफपी रणवीर सेना नेपाल ०८२ मधेस राष्ट्र जनक्रान्ति पार्टी
०२९ संयुक्त विद्रोही मोर्चा ०८३ तराई कन्ट्रोल पार्टी
०३० संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा ०८४ मधेसी राष्ट्र जनतान्त्रिक पार्टी
०३१ तराई मुक्ति मोर्चा ०८५ मधेस राष्ट्र जनतान्त्रिक तराई मुक्तिमोर्चा (क्रान्तिकारी)
०३२ मधेसी टाइगर्स ०८६ तराई लिवरेसन फोर्स
०३३ मधेस मुक्ति टाइगर्स ०८७ पिपुल्स आर्मी
०३४ भाइरल किलर ०८८ तराई जनजागरण संघर्षशील मोर्चा
०३५ तराई डिफेन्स आर्मी ०८९ तराई पुत्र
०३६ जनवादी तराई मुक्ति मोर्चा ०९० मधेस क्रान्तिकारी दल
०३७ अजिङ्गर एक्स ०९१ डाइनोसर
०३८ उल्फा समूह ०९२ तराई जनमुक्ति क्रान्तिकारी पार्टी
०३९ नेपाल गोरखा आर्मी ०९३ तराई कमाण्डो
०४० तामाङ कोब्रा ०९४ तराई टाइगर्स
०४१ तराई आर्मी ०९५ ययाम भूमि मधेस सरकार
०४२ राष्ट्रिय मुक्ति सेना ०९६ राष्ट्रिय लिवरेसन आर्मी
०४३ किरात जनवादी वर्कर्स पार्टी ०९७ संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा
०४४ खुम्बुवान लडाकू दल ०९८ संयुक्त लिवरेसन फ्रन्ट अफ नेपाल
०४५ मंगोल अर्गनाइजेसन ०९९ तराई जनतान्त्रिक पार्टी
०४६ नेपाल रेकल्स ग्रुप १०० मधेसी मिसन जनतान्त्रिक तराई मुक्ति मोर्चा
०४७ मधेस लिवरेसन टाइगर्स १०१ तराई मधेस पार्टी
०४८ मधेसी जनमुक्ति मोर्चा १०२ तराई मधेस मुक्ति टाइगर्स
०४९ तराई कन्ट्रोल आर्मी १०३ मधेस तराई मुक्ति मोर्चा
०५० राष्ट्रिय जनतान्त्रिक पार्टी १०४ जनतान्त्रिक तराई मुक्तिमोर्चा (हिम्मत समूह)
०५१ भीषण हिमाली बाघ १०५ हिन्दु सेना
०५२ जनतान्त्रिक तराई मुक्ति मोर्चा (रणवीर) १०६ शाही मुक्ति मोर्चा
०५३ डिफेन्स नेपाल अफ त्रिशूल सेना १०७ हिन्दु राष्ट्र निर्माण सेना।
०५४ मंगोलियन रिकेल्स
No comments:
Post a Comment