
बलिउडका बादशाहको रूपमा हेरिनथालेका अभिनेता शाहरूख खानले हालै लन्डनमा एक फ्ल्याट किनेका छन्।
उनले मध्यलन्डन पार्क लेन इलाकामा २० मिलियन डलर मूल्यको घर किनेको एजेन्सीले जनाएको छ। वर्षा एकपटक सपरिवार लन्डन पुग्ने शाहरूखले अब भने लन्डनमै घर किनेका हुन्।
उनले हालसम्म विदेशमा बलिउडका कलाकारले किन्ने गरेको घरमध्ये सबैभन्दा बढी मूल्यमा सो घर किनेका हुन्। उनले दुबईमा पनि घर किनेका छन्। शाहरूखलाई हालै लन्डनमा कला र संस्कृतिमा योगदान पुर्याएबापत मानार्थ डक्टरेटको उपाधि पनि प्रदान गरिएको थियो। जसले उनलाई घर किन्नका लागि अझ सहज बनाएको थियो।
No comments:
Post a Comment