December 2, 2009

अन्तर्वाता--गलत बाटोमा लाने सबै कुरा छाड्ने प्रयासमा छु


सन् १९९७ अघि झरना बज्राचार्य आमकिशोरीझैं एउटी चुलबुले केटी मात्र थिइन्। त्यसै वर्ष भएको मिस नेपाल प्रतियोगिताले उनलाई मिस वल्र्डमा भाग लिने बाटो खोलिदियो। त्यसपछि उनी अचानक ग्ल्यामरको संसारमा प्रवेश गरिन्। त्यसयताका १२ वर्षमा झरनाले २८ वटा नेपाली चलचित्रमा काम गरिन्। ५० भन्दा बढी म्युजिक खेलिन् भने मोडलिङको अनुभव पनि लिइन्। तीन वर्षअघि हिन्दी चलचित्र ँलभ इन नेपाल’ मा काम गरेपछि झरना बलिउड चलचित्र उद्योगमा संघर्ष गर्न मुम्बई पुगिन्। अढाई वर्ष मुम्बई बसे पनि उनको कुनै विशेष काम देखिएन। बरु अचानक एक जना युरोपियन युवकसँग इंगेजमेन्ट भएको खबरले महत्व पायो। इंगेजमेन्ट भएको एक वर्ष बित्न लाग्दा पनि झरनाको विवाह भने भएको छैन। बरु अहिले उनी बौद्ध भिक्षुणी हुन लागेको खबरले बजार तातेको छ। १२ वर्षमा खोलो र्फकन्छ भन्ने उखान उनको जीवनमा मेल खाएको हो ? साप्ताहिकले यसपटक झरनासँग जीवनका आरोह-अवरोहका विषयमा कुरा गर्ने मुड बनायो। काठमाडौंको सीतापाइलाबाट २ किलोमिटर पश्चिम एकान्तवासमा रहेकी झरनालाई भेट्दा उनी फेरी १२ वर्षअघिकै साधारण युवतीको भेषमा भेटिइन्।



अनुहार, पहिरन र वरपरको वातावरण सबैले तपाईं एउटी ग्रामीण युवतीझैं देखिनुभएको छ, एउटी ग्ल्यामरस हिरोइनको कुनै चिह्न देखिँदैन नि ?

हिरोइन झरना बज्राचार्य स्त्रिmप्टकी कलाकार हो । उसले त्यहाँ त्यही रूपमा देखिनुपर्छ । मानिसको कल्पनामा पनि त्यही छवि छ, तर म यतिखेर आफ्नो घरमा छु । यो पारिवारिक रूप हो ।

बजारमा तपाईं बौद्ध भिक्षुणी हुन लागेको हल्ल्ाा छ, यो सादगी त्यसैको अभ्यास हो ?

म भिक्षुणी हुन लागेकी होइन । न त त्यसको अभ्यास नै गरिरहेकी छु । ध्यानी, ज्ञानी एव्ां जीवन बुझ्ने प्रयास गर्नु भिक्षुणी हुन खोज्नु होइन । म बेला-बेलामा विपश्यना ध्यानमा जान्छु । त्यहाँ सिकेका कुरा घरमा लागू गर्ने प्रयास गरिरहेकी छु । सबैभन्दा ठूलो कुरा म आफूलाई चिन्ने प्रयास गरिरहेकी छु ।

तपाईं झरना बज्राचार्य, यसमा चिन्न बाँकी के छ र ?

म केही वर्षअघिसम्म अनजान जीवन बाँचिरहेकी रहेछु । चलचित्रमा देखिनु, मानिसले राम्रो भन्नु, अबेरसम्म पार्टीमा रम्नु, रमाइलो गर्नु नै जीवन हो भन्ने लाग्थ्यो । महत्त्वाकांक्षा पाल्नु र त्यहाँ पुग्नु नै मेरो लक्ष्य थियो । त्यसका लागि म जस्तोसुकै दुःख झेल्न तयार थिएँ ।

एउटी साधारण युवतीमा कुन बेलादेखि महत्त्वाकांक्षा पलाउँदो रहेछ ?

सामान्यतः अरूले बढी आशा राखिदिँदा मानिस महत्त्वाकांक्षी हुँदो रहेछ । मेरो हकमा के भयो भने म मिस नेपाल भएँ । त्यसैबेला नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्डमा भाग लिनुपर्ने भयो । प्रेसले एकैपटक मिस वल्र्ड नेपालका रूपमा मलाई यति हाइलाइट गरिदिए कि म पुरानो झरना रहिनँ । सबैले झरनाले केही गर्नुपर्छ, नेपालको नाम राख्नुपर्छ भन्ने आशा गर्न थाले । म अरूका लागि बाँच्न थालें, अरूका लागि नै काम गर्न थालें । सँगै नाम र दाम पनि आउन थाल्यो । यसले मलाई अझ महत्त्वाकांक्षी बनायो । त्यसपछि स्कुलका साथीहरूस ँगको सम्बन्ध टाढियो । मिटिङमा जाने, पार्टी ज्वाइन गर्ने, बाहिर लञ्च गर्ने, विभिन्न सामग्रीको प्रचार-सामग्रीझैं हुन थाले । यसो गर्दागर्दै म अर्कै झरना हुन पुगें ।

यो त आधुनिक जीवनको अनिवार्य शैली हो, यसमा के आश्चर्य भयो र ?

आश्चर्य आफूलाई बिर्सनुमा छ । अरूका लागि बाँच्नु, अरूका लागि गर्नुमा छ । अरूका लागि खुशी हुनुपर्ने, आफूलाई हाँस्न मन नलागे पनि हाँस्नुपर्ने, गर्न मन नलागेको काम पनि गर्नुपर्ने । यो बाध्यताको जीवन हो । मलाई लाग्छ, ग्यामरस दुनियाँमा धेरैजसो व्यक्ति आफूलाई बिर्सेर अरूकै लागि बाँचिरहेका छन् ।

यसको अर्थ सबैजसो कलाकारले जीवन बिर्सिरहेका छन् ?

म अरूको कुरा भन्न सक्दिनँ । यसो भन्न्ो अधिकार मलाई छैन । म मेरो कुरा गर्न सक्छु । म सांसारिक चमकमा पूर्ण रूपमा होमिएकी रहेछु । म चुरोट खान्थें । वाइन पिउँथें । चाहिने -नचाहिने साथी बनाउँथें । म यति महत्त्वकांक्षी भएछु, समय छँटदै मैले र्फकनुपथ्र्यो । अहिले प्रयास गरिरहेकी छु ।

परम्परागत जीवनशैलीप्रति कसरी वितृष्णा उत्पन्न भयो ?

जब म मुम्बई गएँ, त्यहाँ गर्नुपर्ने विभिन्न किसिमका स्ट्रगलले मलाई जीवनको वास्तविकताबोध गरायो । मानिस यस्तो भाग दौडमा छन्, जसले काम त दिलाउला, मनमा खुसी दिन सक्दैन । मानिसहरू केका लागि संघर्ष गरिरहेका छन् भन्ने सोच्दासोच्दै म झसङ्ग भएँ । ओहो, म पनि त त्यही गरिरहेकी छु । त्यसपछि मैले तुरुन्तै मुम्बई छाड्ने निर्णय गरें ।

मानिसहरू त काम नपाएपछि प|mस्टेड भएर मुम्बई छाडेको आरोप लगाउँछन् नि ?

केही हदसम्म त्यो सत्य हो । कारण म पूर्वमिस नेपाल, नेपालकी स्थापित कलाकार त्यहाँ जस्तो पायो त्यस्तो काम गर्ने कुरा आएन । 'लभ इन नेपाल' पछि मलाई ठूला चलचित्रमा त्यस्तै कामको अफर आउन थाल्यो । यद्यपि म्युजिक भिडियो तथा विज्ञापनबाट प्राप्त हुने पैसाले जीवन राम्रैसँग चलाउन सकिन्थ्यो । कामै नपाएर प|mस्टेड हुने अवस्था थ्ािएन । जुन दिन मलाई यो संघर्षको अर्थ छैन भन्ने लाग्यो, त्यसै दिन नेपाल र्फकने निर्णय गरे । नेपाल फर्किएपछि जीवन बुझ्न ध्यान गर्न थालें । आफ्ना कुलतहरू त्याग्न थालें । अहिले जीवन सही ठाउँमा आउँदैछ भन्ने लाग्छ ।

जाँड, रक्सी छाड्नुभयो ?

छाडें, ध्यान गर्न थालेपछि मलाई जति पनि गलत काम हुन् भन्ने लाग्यो, ती छाड्दै गएँ । मैले चुरोट पनि छाडें । यद्यपि म चेनस्मोकर थिइनँ । मासु पनि छाडें । अझै पनि म आफ्नो जीवनलाई गलत बाटोमा लाने सबै कुरा छाड्ने प्रयासमा छु ।

तपाईंको कमजोरी के हो ?

पहिले म आफ्नो कमजोरी देखाउन चाहन्नथें । म यति महत्त्वाकांक्षी थिएँ कि आफ्नो कमजोरी लुकाउनुमा गर्व गर्थें । अहिले त्यसलाई सच्याउने प्रयासमा छु ।

तपाईंको बेलायती युवकसँग इन्गेजमेन्ट भएको खबर सुनिएको थियो, तर विवाह भएन, किन ?

इन्गेजमेन्ट भएको खबर सत्य हो, तर ऊ अहिले युनिभर्सिटीमा अध्ययनरत छ । उसको पढाइ सकिएपछि विवाह गर्ने कुरा छ, तर म अहिले के महसुस गर्छु भने जीवन अनिश्चित छ । अहिले म जे सही मानिरहेकी छु, त्यो सही नहुन सक्छ । त्यसलै यो विवाह नहुन पनि सक्छ ।

अध्यात्मको बाटोमा हिंडेपछि तपाईंले बुझेको कुरा के हो ?

सबै कुरा परिवर्तनशील छ । केही स्थिर छैन । जुन कुरा सधैं आफ्नो साथमा हुँदैन, त्यसका लागि किन आशक्ति बढाउनु ?

तपाईं दुःख-सुखबाट माथि उठिसक्नुभएको हो ?

दुःख-सुख दुवै परिवर्तन्ाशील छन् । एकछिनअघि जुन कुराले खुसी बनाएको थियो, त्यही कुराले एकछिनपछि दुःखी बनाउँछ भने दुःखमा किन रुने, खुसी हुँदा किन मात्तिने ? यद्यपि दुःख -सुख जीवनभरि रहन्छन्, चिन्ता लिनुहुँदैन भन्नेसम्म बुझ्न थालेकी छु ।

जीवनशैलीमा केही परिवर्तन गर्नुभयो कि पहिलेजस्तै छ ?

केही फरक छ । हिजो ब्रान्डेड सामग्रीले मेरो शरीर सजिन्थ्यो । अहिले यही हुनुपर्छ भन्ने लाग्दैन । मेरो विचारमा ब्रान्ड मानिसको आवश्यकता होइन, आवश्यकताचाहिं मानिसको आवश्यकता हो ।

सादा जीवनशैली अँगालेपछि खर्च कटौती गर्न थाल्नुभएको हो ?

खर्च कटौती गर्छु भनेर लागेकी छैन । यद्यपि पहिले आफूलाई मन परेको कुरा नगरी छाड्दिनथेँ, अहिले त्यो मेरो आवश्यकता हो कि होइन, सोच्छु ।

कलाकारिता छाडिदिने ?

छाड्दिनँ, मनपर्ने मानिसले राम्रो काम ल्याए भने गर्छु । कलाकार भन्दैमा सबै काम गर्ने पक्षमा भने छैन ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete