September 5, 2009

झापामा बाढीले आठ हजार विस्थापित

बिर्तामोड, साताअघिदेखि झापाका विभिन्न खोलामा आएको बाढीले १ हजार ८ सय ८२ घरका ८ हजारभन्दा बढी विस्थापित भएका छन् । बेघरबार भई उद्धार शिविरमा राखिएका बाढीपीडितमा झाडापखाला सुरु भएको छ । उनीहरूलाई विभिन्न विद्यालय र सार्वजनिक भवनमा राखिएको छ ।
दक्षिण पश्चिम झापाको महाभारा गाविसको रंगियाथानमा राखिएका विस्थापित परिवारमा झाडापखाला देखिएको हो । उनीहरूलाई पिउने पानी र कपडाको अभाव छ । फोहोरले गर्दा झाडा देखिएको दैवीप्रकोप उद्धार टोलीले जनाएको छ । त्यहाँ राखिएका बालबालिकासमेत १ सय ५० जना झाडापखालाबाट ग्रस्त भएको तमलोपाका केन्द्रीय सदस्य विजय अग्रवालले जनाए ।

झाडापखालाका रोगी भेटिएका स्थानमा उद्धार समितिले औषधि वितरण गर्न थालेको झापाका निमित्त प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलले बताए । उनका अनुसार कुमरखोदको सिमलबाढी निमाविमा राखिएका बाढीपीडितमा पनि झाडापखाला देखिएको

छ । शिविरमा औषधि वितरण गरिए पनि पर्याप्त छैन । 'जिल्लामा औषधिको स्टक सिद्धिएको छ,' निमित्त प्रजिअ पोखरेलले भने, '१५ क्विन्टल औषधि तत्काल आवश्यक छ ।'

स्थानीय प्रशासनले रोग फैलन नदिन स्वास्थ्यकर्मीको दुई टोली परिचालन

गरेको छ । बाढी प्रभावित क्षेत्रमा पाँच टोली परिचालनको आवश्यकता रहेको

निमित्त प्रजिअ पोखरेलले जनाए । विस्थापितलाई १ सय ५० स्थानमा राखिएको छ । झाडापखालाबाट महिला र बालबालिका बढी प्रभावित छन् ।

जिल्लाको बिरिङ, कन्काई, रतुवालगायत खोलामा आएको बाढीले २४ गाविसमा ५० करोडभन्दा बढीको क्षति पुर्‍याएको छ । स्थानीय निकायसहित सामान्य प्रशासन राज्यमन्त्री जितु गौतम, कांग्रेस र एमाले सभासदको टोलीले शुक्रबार बाढी प्रभावित गाविसको स्थलगत निरीक्षण गरी प्रारम्भिक क्षतिको आँकडा निकालेको हो ।

राज्यमन्त्री गौतमसँगै सभासदहरू केशवकुमार बुढाथोकी, उषा गुरुङ, दीपक कार्की र अग्नि खरेलको टोलीले शुक्रबार विस्थापितको अवस्था, नदी कटान, उद्धार र राहतबारे स्थलगत जानकारी लिएको थियो ।

झापाका सहायक प्रजिअ लेखनाथ पोखरेलका अनुसार बाढीबाट विस्थापितको संख्या बढिरहेको छ । प्रशासनले अहिलेसम्म विस्थापितमध्ये १ हजार ८ सयको विवरण आएको जनाएको छ । 'करिब २५ सय घर विस्थापित भएको अनुमान छ,' उनले भने, विस्थापितको संख्या र अवस्थाबारे जानकारी संकलन गर्न तीन टोली परिचालित छन् ।

हालसम्म बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ आठ बेपत्तामध्ये तीन जना सम्पर्कमा आएका छन् । बाढीबाट नौ गाविस पूरै प्रभावित छन् । सानाठूला गरी २९ पुल र कल्भर्ट बगाएको स्थानीय विकास अधिकारी भूपालबहादुर निरौलाले बताए ।

बाढीले एक सय ५० बिघाभन्दा बढी खेतीयोग्य जमिन बगाएको छ । प्रभावित क्षेत्रका विस्थापितलाई एक हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म राहत बाँडिएको छ । हालसम्म डेढ लाख

रुपैयाँ वितरण गरिएको छ । मृतक परिवारलाई तत्कालका लागि २५ हजार रुपैयाँ राहत दिने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

Maoists will form national govt, claims Badal

BUTWAL, Sept 5 - Unified CPN (Maoist) General Secretary Ram Bahadur Thapa Saturday said that his party is trying to make the fight for national integrity and civilian supremacy decisive.

Speaking at a function organised to welcome the members of other parties who jointed the UCPN (Maoist) in Butwal today, Thapa claimed that a new government led by his party is on the horizon. He said the Maoists will form a joint national government.

He said that the regressive forces have been concocting plots to disintegrate the Constituent Assembly. “Third people's movement will solve all the political deadlocks,” he claimed.

Central member of the Rastriya Janashakti Party Pradeep Uday and others entered the Maoist party on the occasion.