July 29, 2009

Phelps breaks own record to retain title


Rome: Michael Phelps returned to the winner’s circle yesterday with a world record-setting triumph in the men’s 200m butterfly at the swimming World Championships.
The 14-time Olympic gold medallist suffered a shock defeat in the 200m free on Tuesday, when Germany’s Paul Biedermann took both his world title and world record.
But Phelps responded in the fly, leading from start to finish and winning in 1min 51.51sec.
That improved on the world record of 1:52.03 that he set in winning Olympic gold in Beijing on August 13, 2008, part of his unprecedented eight-gold haul in China.
The 24-year-old American, who had seemed non-plussed by his first defeat in world and Olympic competition since 2005, knew just what to do after the victory, raising both arms in celebration as he stood on the deck to acknowledge the cheers of the crowd.
Japan’s Takeshi Matsuda was lying second to Phelps until the final lap, when he was overtaken by Poland’s Pawel Korzeniowski. Korzeniowski snatched the silver in 1:53.23 and Matsuda settled for bronze in 1:53.32.
Italy’s Federica Pellegrini smashed her own world record to win the women’s 200 metres freestyle yesterday and complete a golden double at the swimming world championships.
The 20-year-old Olympic champion powered away from her rivals in the second half of the race to win with a time of one minute 52.98 seconds, beating the mark of 1:53.67 she set in Tuesday’s semis and sending the home crowd into raptures.
Allison Schmitt of the United States was almost two seconds behind in second place and her compatriot Dana Vollmer took the bronze medal.
“I cried today before the start of the race because I felt tired,” said a visibly emotional Pellegrini, who also lowered her own world best when charging to victory in the 400 freestyle on Sunday.
“But I have to say I surprised myself. I thought I do one hundredth of a second less than yesterday.” Van Der Burgh also notched his second world record in as many days with his triumph in the 50m breaststroke in 26.67. He had set the previous record of 26.74 in the semi-finals on Tuesday.
The women’s 50m backstroke semi-finals saw the world record fall twice in the blink of an eye.
No sooner had Daniela Samulski of Germany lowered her own world mark with a time of 27.39 in the first semi, than Russian Anastasia Zueva one-upped her with a world record of 27.38 in the second semi-final. - AFP

Nepalis thank British actress for Gurkha campaign


“I will never forget your generosity and today I bring to you, instead, my heart
Thousands of Gurkha veterans and their families gathered in eastern Nepal yesterday to salute Joanna Lumley, the actress who led a campaign for them to be allowed to settle in Britain.

At a packed rally in Dharan town hall, Lumley was greeted with traditional music, marigold garlands and banners reading “Long live Joanna” and “We love Joanna”.
Since she arrived in Nepal at the weekend, she has been feted by the former British army fighters — many of whom have trekked long distances to thank her for her successful efforts to force a change in government policy.
Scores of veterans, proudly displaying medals on their chests, waited to catch a glimpse of Lumley on her visit to Dharan, a town which has a large Gurkha community and has long been a recruiting centre for the British army.
She told the rally that her father had been a British major in the Gurkha Rifles, and that as a child she had visited sick soldiers in what is now
Malaysia.
One seriously ill Gurkha gave her a small bottle of perfume that he feared he would not live long enough to be able to give to his daughter,
she said.
“I never forgot his generosity,” she told the adoring crowd. “I will never forget your generosity and today I bring to you, instead, my heart.”
In one of many emotional moments, an 84-year-old widow whose Gurkha husband was killed in the Burma campaign of the World War II presented Lumley with shawl.
Also among the gifts presented to the actress was an engraved silver kukri
ceremonial knife.
“This has been such a remarkable day,” she told crowds at an earlier stop in Mechinagar, where children were given the day off school to mark her visit. “The warmth of your welcome touches my heart.”
Organisers said many veterans have travelled on foot to reach the towns that Lumley is visiting on her week-long trip to Nepal, where rural communities are often inaccessible
by road.
Lumley will also tour the eastern district of Jhapa, home to two of the Nepalese ethnic groups that have traditionally contributed large numbers of men to the Gurkha ranks.
The 63-year-old star of television show “Absolutely Fabulous” - who is far more famous here for her role in the Gurkha campaign - has been dubbed “a daughter of Nepal” by locals.
The Gurkhas have been part of the British army for almost 200 years and more than 45,000 have died in British uniform. Around 3,500 currently serve in the British army, including in
Afghanistan.
After a climbdown in the face of the campaign Lumley fronted, the British government announced in May that all Gurkha veterans who had served at least four years in the army could apply for residency.
Previously, only those who retired after 1997 had been eligible.
The Indian-born Lumley became a rallying voice for the men she called the “bravest of the brave” after joining the campaign in 2007. AFP- Gulf Times ( Qatar)

हामी नेपाली

अन्तिम लडाइँको गन्ध




यो देश धेरैले सोचेभन्दा धेरै बलियो छ तर धेरैले सोचेभन्दा धेरै जर्जर पनि भइसकेको छ । यो देशका अभूतपूर्व राजनीतिक घटनाक्रमहरू तुलनात्मक रूपमा शान्तिपूर्ण ढंगबाट जसरी अघि बढे, ती साँच्चीकै असाधारण उदाहरणहरू हुन् तर हाम्रो भविष्य महाभीरमा उभिएको छ भन्ने तथ्यलाई अस्वीकार नगरौँ ।
अनौपचारकि कुराकानीमा सबै दलका नेताहरू यस्तै चाला हो भने संविधान ढिलो लेखिने मात्र होइन, लेखिँदै नलेखिन सक्छ भन्न थालिसकेका छन् । संविधान निर्माणको पूर्वनिर्धारति कार्यतालिका पाँचपटक संशोधन भइसकेको छ । संविधान लेख्न १० महिना मात्र बाँकी छ । संविधानसभाको सबभन्दा महत्त्वपूर्ण संवैधानिक समिति माधव नेपाल प्रधानमन्त्री बनेपछि सभापतिविहीन भएको छ । संविधानको अवधारणा बनाउने ११ मध्ये सातवटा समितिहरूले आफ्नो मस्यौदा तयार पार्न सकेका छैनन् । ती समितिहरूभित्र महत्त्वपूर्ण विषयहरूमा सहमति हुन सकेको छैन र कतिपय विषयहरू यति जटिल छन् कि तिनमा सहमतिको सम्भावना एकदम कम छ । हुँदा-हुँदा छलफल गर्ने मस्यौदा र अवधारणाको अभावमा संविधानसभा नै कार्यसूचीविहीन भएर अनिश्चितकालका लागि स्थगित भएको छ । विषयको गाम्भीर्यलाई सबैले बुझेका छन् तर सबै 'मै ठीक'मा अडिग छन् । अहिले त चाला यस्तो छ भने जब दुई-तिहाइ बहुमतले संविधानका धाराहरू पारति गर्नुपर्ने हुन्छ, सहजै अनुमान लगाउन सकिन्छ, स्िथति कस्तो होला ।
यहाँ धेरै विश्लेषक र राजनीतिज्ञहरूमा दृढ विश्वास के छ भने स्िथति जति नै जटिल अवस्थामा पुगे पनि अन्ततः सहमति हुन्छ । कुरा साँचो हो किनभने अहिलेसम्म भएको पनि त्यही हो । हरेकचोटि 'लौ अब बर्बाद भयो, अब ठूलै अनिष्ट हुने भयो, देश भीरबाट खस्ने भयो' भन्ने अवस्थामा पुगेपछि, सबै मिलेर या एउटा पक्ष झुकेर, देशलाई पुनः सुरक्षित स्थानमा तानेर लिएर आउने गरएिको छ । तर, त्यस्तो खतरा सधैँ मोलेर, गर्व गर्ने कुरा होइन । खसेपछि त खसिहाल्यो, सक्किहाल्यो । माओवादीहरू 'संक्रमणकालमा यस्तो भइहाल्छ, आत्तिनु हुँदैन' भनेर यो अवस्थाको औचित्य पुष्टि गर्न पनि खोज्छन् । त्यसबाहेक देशमा शान्तिसुरक्षाको स्िथति नाजुक छ भने क्षेत्रीयता, जातीयता, दण्डहीनता, अराजकता, अकासिँदो बजारभाउ आदिबाट सर्वसाधारणले सामना गर्नुपरेको समस्याको त कुरा गरेर साध्य भएन ।
यस्तो अवस्थामा देश बढ्दो रूपमा 'अन्तिम लडाइँ'को चरणमा प्रवेश गर्न लागेको गन्ध आउन थालेको छ । माओवादीहरू अहिले त्यो चाहँदैनन् किनभने, उनीहरूमा त्यस्तो लडाइँबाट आफू हावी हुने विश्वास छैन । हुँदो हो त, उनीहरूले त्यो बाटो निश्चय पनि अवलम्बन गर्ने थिए । अन्य दलहरू पनि त्यस्तो लडाइँको पक्षमा छैनन् । तर, नेपाली सेनाका कतिपय उच्चपदस्थ जनरलहरू र खासगरी सेनापति रुक्मांगद कटवाल बढ्दो रूपमा 'फाइट टू फिनिस'को पक्षमा रहेको देखिन थालेका छन् । उनीहरूको मान्यता के छ भने, 'माओवादीहरूले देशमा लाद्न चाहेको सर्वसत्तावाद नै हो, तिनीहरूका लागि एउटै अड्चन भनेको नेपाली सेना मात्र हो, देशमा लोकतन्त्र जोगाउने हो भने माओवादीहरूलाई सबै लोकतन्त्रवादीहरू मिलेर, सेनाको सहयोगमा पेल्नैपर्छ र त्यसका लागि अहिलेको भन्दा अर्को राम्रो अवसर आउन सक्दैन किनभने माओवादीहरू अहिले जति कमजोर अवस्थामा पहिले कहिल्यै थिएनन् ।'
माओवादीहरू अहिले कमजोर अवस्थामा भएको कुरा साँचो हो । अब अधिकांश माओवादी नेताहरू फर्किएर जंगल या भारत जान सक्दैनन् । ती जंगल र भारतको बसाइँबाट थाकिसकेका छन् । धेरैले त प्राडो र पजेरोको स्वाद पनि चाखिसकेका छन् । भारत जानका लागि त पहिलेजस्तो दिल्लीले आँखा चिम्लिदिने सम्भावना पनि कम छ । सहरी विद्रोहबाट ती सफल हुने सम्भावना झन् कम छ । तिनले सहरी विद्रोहको धृष्टता गरे भने सम्पूर्ण माओवादीइतरका शक्तिहरू एक भएर सबै सुरक्षा निकायहरू परचिालित गर्नेछन्, जसलाई माओवादीहरूले थेग्न सक्ने छैनन् । तिनलाई अन्तर्राष्ट्रिय समुदाय, खासगरी भारतको पनि सहयोग हुने छैन । सोही तथ्यलाई बुझेर माओवादीहरू अहिले हरेक मोर्चाबाट पछि हट्दैछन् । यही मौका छोपेर सेनाचाहिँ बढी आक्रामक हुँदै अघि बढ्न खोजिरहेको छ । सेनापति कटवाल माओवादीहरूले संसद् खोल्न दिएकामा अत्यन्त निराश भएको हुनुपर्छ किनभने संसद् नखुलेको भए राष्ट्रपति र दलहरूसमक्ष आफ्नो चाहनालाई सावित गर्न उनलाई ठूलो मौका मिल्ने थियो । सो मौका गुमेका कारण कटवाल आफूले अवकाश पाउनुअगाडि नै स्िथतिलाई चर्काउने अर्को मौकाको खोजीमा भएको देखिन्छ । यदि सेनाले घातक हातहतियार, नियमित पदपूर्ति र नयाँ दरबन्दीका लागि गरेको प्रस्तावबारे अखबारहरूमा आएका समाचारहरू सत्य हुन् भने त्यो वर्तमान राजनीतिक स्िथतिलाई चर्काउन जानीजानी गरएिको प्रयास हो भन्ने सहजै बुझ्न सकिन्छ ।
कटवालले सैनिक संस्थाका लागि लिएको अडानबाट सेनाभित्र र बाहिर जुन विश्वास जितेका थिए, अहिले त्यो विस्तारै कमजोर हुँदै गएको छ । पछिल्लो समयमा आएर हरेक कुरामा उनी सरकारलाई 'डिक्टेट' गराउन खोजिरहेका छन्, जसले पछिका लागि पनि राम्रो नजिर स्थापना गर्दैन । घटनाक्रमले अनपेक्षित मोड लिएको अवस्थामा बाहेक अबको छोटो पदावधिका कारण कटवाल स्वयंले सेनालाई राजनीतिमा होम्ने सम्भावना अत्यन्त न्यून छ तर पछिल्ला दिनहरूमा उनले सेनाभित्र र बाहिर यस्तो माहोल सिर्जना गर्न खोज्दैछन्, जहाँ उनको सोचाइमा दुई पक्ष मात्र हुन सक्छन्, कि माओवादी भितरको कि इतरको पक्ष । त्यो रेखा नखिच्ने हो भने नेपाल सधैँ घसि्ररहन्छ र नेपालमा शान्ति र लोकतन्त्र स्थापना हुन सक्दैन भन्ने सन्देश उनले सबैतिर प्रवाहित गररिहेका छन् । कटवालले अवकाश पाए पनि त्यो सन्देशसँग सहमत जनरलहरू नेपाली सेनामा धेरै छन् । त्यसैले, राजनीतिक तहमा यस्तै अस्तव्यस्तता रहने र शान्ति प्रक्रिया र संविधान लेखनको कुरा यसैगरी अन्योलमा रहिरहने हो भने आउँदा दिनहरूमा सेना नेपाली राजनीतिमा राम्रैसँग हावी हुने सम्भावनालाई नकार्न सकिँदैन । जर्जर देशमा 'अन्तिम लडाइँ' भयो भने स्िथति के होला, जिम्मेवार पक्षहरूले गम्भीरतापूर्व सोचिदिए सबैको भलो हुने थियो ।

--- मनुज चौधरी

जय सिनेमा

काठमाडौं, कम्युनिस्ट पार्टीमा संगठित भएकाहरू भ्ोटेमा लालसलाम भनी सम्बोधन गर्छन् । त्यस्तै नेपाली कांग्रेसमा मत राख्नेहरू जयनेपाल भन्ने गर्छन् । हरेक राजनीतिक पार्टीको आ-आफ्नै सम्बोधन गर्ने शैली भएजस्तै चलचित्र क्षेत्रलाई नै पेसा बनाएकाहरू सम्बोधनमा के भन्छन् भनेर कसैले सोधे तपाइर्ं अलमलमा पर्न सक्नुहुन्छ ? अब भने अलमल हुन पर्दैन ।
चलचित्रकर्मीको आफ्नै सम्बोधन प्रयोग गर्न सक्नुहुनेछ । त्यो हो 'जय सिनेमा' । अब तपाईको मनमा यो कसरी भयो भनेर खुलदुली लागेको होला । खुल्दुली लाग्नु पनि

स्वाभाविकै छ ।

विगत ७ महिनादेखि जय सिनेमा अभियानलाई अगाडि सारेका छन् एकजना क्यामराम्यानले । उनको नाम हो दीपक बान्तोवा ।

पुरानो चलचित्र 'चिनो' मा छायांकनको भूमिका निर्वाह गरेर चलचित्र क्षेत्रमा पाइला टेकेका दीपक अहिले चलचित्रमा जय सिनेमाको अभियान अगाडि सार्नतर्फ धमर्धुस छन् । अभियानको पहिलो सुरुवात करिब ३ जना कलाकारलाई एसएमएस पठाएर गरे । यतिमात्र कहाँ हो र उनले लगभग ३/४ सय वटा जय सिनेमा लेखेको टोपी चलचित्रकर्मीलाई लगाउन प्रेरित गरे भने आफू पनि स्वयम् लगाएर हिँडे । यस्तैगरी नयाँ वर्षको उपलक्ष्यमा जय सिनेमा लेखेको क्यालेन्डर, क्यामेरा कभरसमेत बाँडे ।

यसो गर्नुको मुख्य उद्देश्य के होला भनेर तपाईको मनमा अर्को खुल्दुली लागेको होला । दीपकका अनुसार नेपाली चलचित्रमा चलचित्रकर्मीको आफ्नो छुट्टै पहिचान देखाउन उनले यस्तो अभियान चालेको बताए । र यो अभियानलाई सबै कलाकारले पनि स्विकारेको उनको विश्वास छ । 'सबै कलाकारले यो अभियान मन पराए,' उनले भने, 'अझ यसलाई सहयोग गर्न पनि तयार छन् ।'

दीपकको यस अभियानलाई नेपाली कलाकारिता क्षेत्रमा स्थापित गराउने धोको छ । नभन्दै अचेल उनको यो धोको साँच्चिकै पूरा होलाजस्तो छ । के आधार जान्न चाहनुहुन्छ ? अचेल दीपकको जय सिनेमा अभियानलाई नेपाली चलचित्रकर्मीदेखि दिएर कार्यक्रम सञ्चालकहरूले समेत मुखमा 'जय सिनेमा' झुन्डाएका छन् । कलिउडकी प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठले यस्तो अभियानले चलचित्रकर्मीलाई आफ्नो कामप्रतिको सम्मान हुने विश्वास राख्छिन् । 'कलाकारिता हाम्रो पेसा हो,' सुचित्राले गर्भ गर्दै भनिन्, 'यसको सबैले सम्मान गर्न सिक्नुपर्छ र अरूभन्दा पृथक् हुनुपर्छ ।'

कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले आफ्नो हरेक कार्यक्रमको सुरुमा र अन्त्यमा जय सिनेमा भन्न छुटाउँदैनन् । प्रकाशको जय सिनेमा भन्ने बानी नै भइसक्यो । जहाँ जाउन्, जोसँग भेटुन् नमस्कारको साटो जय सिनेमा भन्छन् उनी ।

दीपकले यस अभियानलाई अगाडि बढाउन अझ निरन्तर संघर्ष गरिरहेका छन् । जवानी हुँदासम्म मात्र कलाकारको महत्त्व हुन्छ, त्यसपछि ऊ अस्ताएको घामजस्तै निस्त्रिmय भएर बस्नुपर्ने अवस्था छ । यो प्रवृत्तिलाई चुनौती दिन 'जय सिनेमा' को अर्को अभियान हो । दीपकका अनुसार बुढ्यौली कलाकारलाई स्कुलमा कलासम्बन्धी पढाउने र सिकाउने मौका दिनुपर्छ । यसले कलाकारको सम्मान पनि हुन्छ र नेपाली कलाकारिताप्रति बालमनोभाव बढ्दै जान्छ । बान्तोवाको विचारमा यस अभियानले नेपाली चलचित्रको विज्ञापन गर्नेछ । २२ वर्षदेखि चलचित्र क्षेत्रमा छायांकनको काम गर्दै आएका बान्तोवाले तीन वर्ष पहिलेबाट यस अभियानमा लागेको बताउँछन् ।

दीपकले प्राविधिक भएर चलचित्रमा खेप्नुपरेको समस्यालाई पनि यसै अभियानबाट निरुत्साहित गर्ने योजनामा रहेको बताए । प्राविधिकले समयअवधिभन्दा बढी खट्नुपर्ने तर खटेअनुसार पारिश्रमिक नपाइने दीपकको गुनासो छ । बलिउडमा ८ घन्टाको एक सिफ्टको मान्यता दिइन्छ । तर कलिउडका प्राविधिकलाई तोकेभन्दा बढी काम गराउने प्रवृत्ति छ । यीलगायतका समस्या हटाउन दीपकले अब चाँडै नै नेपाल चलचित्र विकास बोर्डमा कुरा राख्ने भएका छन् ।

यसरी जय सिनेमा अभियानका तत्कालीन योजना निम्न छन् जिय सिनेमा क्लव गठन गर्ने चिलचित्र नभएको ठाउँमा चलचित्र पुर्‍याउन पहल गर्ने चिलचित्र प्राविधिकलाई निर्धारित समय, उचित पारिश्रमिकको व्यवस्था स्थापित गराउन पहल गर्ने ।

नेपाली चलचित्रको परम्परागत धारलाई परिवर्तन गर्ने उद्देश्यले निर्मित यो अभियानले के साँच्चिकै सफलता हासिल गर्नसक्ला त ?

ख्याती हत्याका अभियुक्त जेल चलान

काठमाडौं, अपहरणपछि मारिएकी ख्याती श्रेष्ठका अभियुक्त वीरेन प्रधान र मेरिना शाक्यलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश भुपेन्द्रप्रसाद राईको एकल इजलासले यस्तो आदेश दिएको हो ।
दुवै अभियुक्तविरुद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले अपहरण, शरीर बन्धक र हत्या अभियोग लगाएर मुद्दा दायर गरेको थियो । दुवैलाई मुलुकी ऐन कर्तव्य ज्यानसम्बन्धी महलको १३ -१) अनुसार सर्वस्वसहित जन्मकैदको माग गरिएको छ । यस्तै अपहरण तथा शरीर बन्धक अभियोगमा मुलुकी ऐन अपहरण तथा शरीर बन्धक महलको १ र २ को कसुरमा हदैसम्मको सजाय र क्षतिपूर्तिको माग गरिएको छ । ख्यातीकी आमा राधा श्रेष्ठले दुवैका विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

प्रहरीले प्रधानमाथि हातपात हुने डरले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको थियो । सुरक्षाको कारण देखाएर प्रहरीले सञ्चारकर्मी र पीडित पक्षका व्यक्तिलाई इजलास भएको स्थानमा प्रवेश गर्न दिएन ।

मुद्दा दायर गराउन अघिल्लोपटक अदालतमा उपस्थित गराउँदा आक्रोशित भीडले अभियुक्त प्रधानमाथि हातपात गरेपछि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको हो । प्रधान र शाक्यलाई बिहान ९ बजे अदालत उपस्थित गराएको थियो । दिउँसो ४ बजे मात्र उनीहरूलाई अदालत परिसरबाट प्रहरी भ्यानमा हालेर बाहिर निकालिएको थियो । शाक्यको अनुहार कालो कपडाले छोपिएको थियो भने प्रधानले टोपीले अनुहार छेक्न खोजेका थिए । अभियुक्तद्वयलाई अदालतबाट केन्द्रीय कारागार सुनधारा जेल लगिएको छ ।