September 15, 2009

थ्री-स्टार झापामा खेल्ने

काँकडभिट्टा, भाद्र २९ - गभर्नर्स गोल्डकप उपाधि रक्ष्ाा गर्न सिक्किम निस्केको नबिल थ्री-स्टार सोमबार उपकारी कामका लागि झापामा रोकिनेछ । सिक्किममा हुने सर्वाधिक ठूलो फुटबल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियनसामु एकातर्फ प्रतियोगिता तयारीको राम्राे अवसर हुनेछ भने अर्कोतर्फ झापा फुटबल संघले सुरु गरेको खेलाडी कल्याणकोषमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अवसर हुनेछ ।
सोमबार काँकडभिट्टा फुटबल मैदानमा थ्री-स्टार र झापा-११ उत्रनेछन् । त्यस खेलको आयोजनाबाट उठेको रकम झापा जिल्लाका फुटबल खेलाडीको लक्ष्ाित कल्याणकोषमा राखिनेछ । 'लामो समययता काँकडभिट्टा माथिल्लोस्तरको फुटबलमा र्फकंदै
छ । यसबाट यहाँका फुटबलप्रेमीले विशिष्ट फुटबल हेर्ने अवसर पाउनेछन् । त्यसबाहेक कोष स्थापना गर्न पनि मदत पुग्नेछ,' राखेपका वरिष्ठ फुटबल प्रशिक्षक भगिरथी आलेले भने ।
झापा जिल्ला फुटबल संघका अध्यक्ष्ा जेके गुरुङ मैत्रीपूर्ण फुटबललाई कोष निर्माणको अर्को खुडकलो मान्छन् । 'कुनै स्थितिमा हामीसँग घाइते खेलाडीका लागि फस्ट एडको उपचार सामग्री पनि हुन्न । यस्तोमा कोष खडा गरेर सबै झापाली फुटबल खेलाडीलाई सहयोग गर्नु हाम्रो उद्देश्य हो,' गुरुङले भने, 'यो उपकारी काममा सबै क्ष्ाेत्रको सहयोग रहनेछ ।'
थ्री-स्टार अध्यक्ष ललितकृष्ण श्रेष्ठ पनि मैत्रीपूर्ण खेलका लागि उत्साहित छन् । 'राम्रो कामका लागि सहयोग गर्न पाएकोमा खुसी छौं । यो अवसरले झापाली फुटबलप्रेमीलाई थ्री-स्टार क्लब, यसका खेलाडी र यसको शैलीबारे पनि जानकारी पाउने अवसर जुटाएको छ ।'