July 1, 2009

College (kantipurTV)

College June 19 -Part >>> 1



College June 19 -Part >>> 2

अमृत भनेको त बिषबृक्ष रोपेछुः प्रचण्ड


एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफुले माधव नेपाललाई संबिधानसभा ल्याउनु बिषबृक्ष रोपेबराबर भएको टिप्पणी गर्नुभएको छ ।
धेरै साथीले मलाई तेरै कारणले यस्तो भयो भन्छन- राजधानीमा उद्योगी ब्यबसायीको भेलालाई सम्वोधन गर्दै प्रचण्डले भन्नुभयो- मैले ठानेको थिएँ मैले अमृत फलाउन खुब मेहेनत गरें, तर अहिले त बिषबृक्ष रोपेको जस्तो भयो ।’ बिगतको अनुभबलाई हरेर पनि माधव नेपाललाई संबिधानसभामा पठाउनुपर्छ भनेर आफैले जोड गरेर माधव नेपाललाई संबिधानसभा सदस्य बनाएको भन्दै प्रचण्ड भन्नुभयो- मलाई के थाहा यति ठूलो षडयन्त्र हुन्छ भन्ने ? मेरो उदेश्य यस्तो गर्नु थिएन सवैलाई समेटेर लानुपर्छ भन्ने थियो ।

कटवाल प्रकरण निमित्त भएको भन्दै प्रचण्डले यसका लागि मुलक बाहिरबाट योजना बनाइएको बताउनुभयो । संसदमा गिरिजाप्रसाद कोइरालाको संबोधनतर्फ संकेत गर्दै प्रचण्डले भन्नुभयो- गिरिजाबाबुले माधवजीलाई निमित्त भन्नुभयो, तर मलाई कटवाल निमित्तमात्र हो भन्ने लाग्छ, मुख्य कुरा परिवर्तनकारी र प्रतिगामीशक्तिवीच टक्कर पर्‍यो ।

बहुदलीय शासनकालमा राजा देखिने मालिक भएकाले उनीसंगमात्र वार्ता गर्ने भनिएपनि अहिले आफुलाई मालिक को हो भन्ने बिषयमा अन्योल भएको प्रचण्डको भनाई थियो । अहिले उनीहरुको देखिने मालिक छैन, अहिले मालिक फेरिएको भनौं , हराएको भनौं वा भूमिगत भएको भनौं- प्रचण्डको प्रश्न थियो ।

माओवादीले सत्ता कब्जा गर्न लागेको भन्ने फर्मुला बनाएर संबिधान र कानुन मिचिएको भन्दै प्रचण्डले सवै राजनीतिक दलको उदेश्य सत्ताकब्जानै भएकाले अन्यथा लिनुनपर्ने बताउनुभयो । अहिले अलिअलि भएको छ, अर्को चुनाव भयो भने पुरै सत्ता कब्जा हुन्छ- प्रचण्डले भन्नुभयो ।

एक पैसा भ्रष्टाचार गरेनौं

आफ्नो नेतृत्वको सरकारले धेरै काम गर्न नसकेपनि सरकारमा गएर भ्रष्टाचार नगरेको प्रचण्डले दावी गर्नुभयो । ‘हामीले एक पैसा भ्रष्टाचार गरेका छैंनौं, सवैभन्दा निष्कलंकित सरकारको रुपमा यो छ - प्रचण्डले भन्नुभयो- बाबुरामजीले धेरै दुख गरेर अरबौैं रुपैयाँ राजस्व जम्मा गरिदिनुभएको छ, खर्च गर्न सकिएन । अहिले हिजोकै मान्छे सरकारमा आएको भन्दै प्रचण्डले भन्नुभयो- हामीलाई डर छ त्यत्रो जम्मा गरिएको रकम के के मा खर्च गर्ने हुन भन्ने ।

मञ्चमा आसिन नेता डा बाबुराम भट्टराईको प्रसंसा गर्दै प्रचण्डले अर्थ मन्त्रालयको काममा सन्तोष ब्यक्त गर्नुभयो ।

तारबार लगाएर सहमति हुँदैन

आफु अहिलेपनि सहमति र सहकार्यको पक्षमा रहेको भन्दै प्रचण्डले ढोकामा ताल्चा लगाएर सहमतिको अर्थ नहुने बताउनुभयो । ‘ढोकामा ताल्चा लगाएर भित्र आइजा भन्ने, घर बाहिर करेन्टजडित काँडेतार लगाएर भित्र आउ सहमति गरौं भन्ने अनि कसरी सहमति हुन्छ ? प्रचण्डको प्रश्न थियो ।

कोइरालाले सहमति र सकार्यको कुरा गर्नुभयो, प्रचण्ड जी आउनुस भन्नुभयो, प्रचण्डले भन्नुभयो-मेरो पनि भनाई त्यहि हो ।

सात सालदेखिनै नेपालको राजनीतिमा समस्या रहेकेा भन्दै प्रचण्डले त्यसलाई उखेल्न खोज्दा सरकार ढलेको बताउनुभयो । म कहाँ घुम्न जाने भन्ने कुरा मैले नै निर्धारण गर्न पाउनुपर्छ अरुलाई सोध्ने हैन- प्रचण्डले भन्नुभयो ।

पूर्णाङ्क बिर्सँदा सबै फेल


१५ असार, काठमाडौं । परीक्षकले पूर्णाङ्क बिर्सेर नम्बर दिँदा नेपालगञ्जको कोहलपुरस्थित बागेश्वश्वरी पब्लिक र कैलालीको टीकापुर बहुमुखी क्याम्पसका शिक्षाशास्त्र, स्नातक तह र दोस्रो बर्षका सबै विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
महेन्द्र बहुमखी क्याम्पसका उपप्राध्यापक शेषमणि सुवेदीको गल्तीले बागेश्वरी पब्लिकका ४२ र टीकापुर क्याम्पसका ५१ विद्यार्थी अनुत्तीर्ण भएका छन् । अङ्ग्रेजी प्रयोगात्मक परीक्षाको पूर्णाङ्क ५० हुनुपर्नेमा भूलबस २० ठानेर नम्बर दिएको उनी आफैले स्वीकारेका छन् ।

परीक्ष्ाकको त्रुटि सच्याइ ५० पूर्णाङ्कका आधारमा नम्बर दिन विद्यार्थीहरुले माग गरेका छन् । २० पूर्णाङ्कबाट लिइएको सो प्रयोगात्मक परीक्षामा अधिकांश उत्तीर्ण भएका छन्, आज प्रकाशित कान्तिपुरमा खबर छ ।

भारतीयका लागि ठूलो भयो कण्डम


अन्तराष्ट्रिय मापदण्ड अनुसार बनाइएका कण्डम भारतीय पुरुषहरुका लागि भने ठूलो हुने गरेको अध्ययनले जनाएको छ । भारतीय पुरुषहरुको लिंगको आकारभन्दा कण्डमको आकार ठूलो भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सार्वजनिक गरेको प्रतिवदेनमा लेखिएको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार बनाइएका कण्डम भारतीय पुरुषहरुका लागि तीनदेखि पाँच इन्चसम्म ठूलो हुने गरेको छ । प्रतिवेदनमा ठूला कण्डमहरुले यौन सन्तुष्टि कम हुने गरेको तथा यसको उपयोग असफलतातिर लागेको लेखिएको छ ।

इन्टरनेटमार्फत प्रेम नगर्नुहोस् है !

तपाईं कतै इन्टरनेट सम्पर्कमार्फत कसैसँग गहिरो प्रेम सम्बन्ध गाँसिरहनु भएको त छैन ? यदि त्यो गरिरहनु भएको छ भने होस गर्नुहोस् तपाईंलाई त्यो व्यक्तिले फसाइरहेको पनि हुनसक्छ । जस्तो कि एक जना अस्ट्रेलियन महिला त्यसैगरी इन्टरनेटमार्फत प्रेम गर्ने चक्करमा नराम्ररी फस्न पुगिन् र उनले निकै ठूलो रकमसमेत गुमाउनु पर्‍यो ।

५६ वर्षीया अस्ट्रेलियन महिलालाई नक्कली प्रेम जालमा फसाएर पैसा धुत्ने व्यक्ति भने नाइजोरियाको एउटा १९ वर्षे किशोर हुन् । एक दशकअघि नै पति गुमाएर विधवा जीवन बिताउँदै आएकी ती अस्ट्रेलियन महिलालाई इन्टरनेटमार्फत निज १९ वर्षे लाबल अदिकुनल नुरुदिन नामक नाइजेरियाली किशोरले आफू ५७ वर्षको विदुर भएको र पुनः विवाहका निम्ति उपयुक्त महिलाको खोजीमा रहेको भन्दै विवाह प्रस्ताव राखेछन् । केही महिनाको मात्र इन्टरनेट सम्वादपछि नै आएको यस्तो प्रस्तावलाई ती महिलाले पनि सहर्ष स्वीकार गरिछन् ।

आफू बेलायती नागरिक भएको र हाल लागोस्स्थित एक अन्तर्राष्ट्रिय संस्थामा इन्जिनियरका रूपमा कार्यरत भएको भन्दै ति किशोरले आˆनी पूर्व पत्नी र एक छोराको एक वर्षअघि मात्र लागोस्मै कार दुर्घटनामा मृत्यु भएको झूठो विवरण दिँदै विवाह प्रस्ताव राखेकी अस्ट्रेलियन महिलालाई विवाहका निम्ति आफू अस्ट्रेलिया आउन तयार रहेको जनाउसहित त्यसका लागि हवाई भाडा र बाटा खर्च पठाइदिन आग्रह गर्दछन् । अन्धो प्रेममा परेकी ती महिलाले तत्कालै निजलाई ४७ हजार डलर पढाइदिन्छन् । यसरी खर्च पठाएको लामो समय बित्दा पनि ती व्यक्ति अस्ट्रेलिया नआएपछि र नेट सम्पर्कबाट समेत बाहिर रहेपछि पीडित महिला स्वयं लागोस् आई पुगिन् र पीडक व्यक्तिको खोजीमा लागिन् । नभन्दै नाइजेरियाली प्रहरीको सहयोगमा ती किशोर पक्राउ परे । प्रहरीले उनलाई ठगी गरेको रकम क्षतिपूर्ति दिन आदेश दिँदै थप सजायका निम्ति न्यायालयमा पेश गरेको छ ।

चुम्बन गर्दा श्रीमानको मृत्यु

चुम्बन गरेर श्रीमानलाइ मार्ने स्वास्नीले अदालतबाट मृत्युदण्डको सजाय पाएकी छन् । सिया निफोङ चिनिया सहर सिनसियाङ निबासी हुन् ।

उनको माओ अन्सेसित प्रेम थियो । दुबै लामो समयदेखि लोग्ने स्वास्नीका रुपमा रहादै आएका थिए । दुबैले नमरुन्जेल एक अर्कामाथि बिश्वासघात नगर्ने सम्झौता समेत गरेका थिए ।

तर सियाले माओ एकजना केटिसंग मस्किएर कुराकानी गरिहेको फेलापारिन् । उनलाइ लाग्यो-लोग्ने ममाथि बिश्मासघात गर्दै छ ।

त्यसपछि उनले मुखमा मुसामार्नजे औसधि मुखमा राखिन् र माओसंग चुम्बन गरिन् । र यसक्रममा क्यापसुल मुखमा छिराइन् । मायामा चुर्लुम्म डुबेका माओले चालै नपाइ क्याप्सुल निलेपछि उनको मृत्यु भएको हो ।

व्यस्त सडकमा नाङ्गो जोडी

मानसिक रूपमा सद्दे कुनै युवक­­­युवतीको जोडी दिन ­दहाडै व्यस्त सडकमा नाड्ढै हिँडिरहेको देख्नु भयो भने तपाईं के गर्नुहुन्छ ? पक्कै पनि यसरी लाज पचाउनेहरूलाई देखेर तपाईं उनीहरूलाई धिक्कार्नु हुन्छ र आफैँ लाज मानेर अर्कोतर्फ मुन्टो फर्काउँदै आफ्नो बाटो लाग्नुहुन्छ ।

केही दिनअघि सिङ्गापुरको राजधानीको व्यस्त सडकमा यस्तै एउटा लाज पचाएको जोडी अचानक देखापर्‍यो । शरीरका सम्पूर्ण लुगा जति हातमा बोकेर सर्वाड्ढ अवस्थामा हिँडिरहेको त्यो जोडीलाई देखेर धेरैले धिक्कारे गाली गरे भने कतिपय चाहिँ तस्बिर खिचाउन थाले तर त्यो जोडी बेफिक्री हिँडिरहृयो । उनीहरू विस्तारै सामुन्दि्रक किनारतर्फ लागे ।

राजधानीको सडकमा दिन ­दहाडै यस ढङ्गको अमर्यादित घटनाबारे तत्कालै प्रहरीसमक्ष खबर पुग्यो । केही बेरमै प्रहरीले त्यो जोडीलाई नियन्त्रणमा लियो । बयानका क्रममा उनीहरूले आफूहरू अनुभव सँगाल्नका निम्नि नग्न अवस्थामा डिनर गर्न इच्छुक भएको हुँदा सामुन्दिं्रक किनारामा रहेको रेष्टुरेण्ट खोज्दै त्यसतर्फ गएको बताए । सिङ्गापुरको कानुनअनुसार यसरी सामाजिक मर्यादा उल्लङ्घन गर्ने र सद्भाव भड्काउनेहरूलाई दुई हजार डलर जरिवाना र बढीमा तीन महिनासम्म कैद हुने व्यवस्था छ ।

अठार बर्षमाथिका सवै नागरिकलाई सैनिक तालिम दिनुपर्ने राष्ट्रहित संरक्षण समितिको प्रस्ताव तपाइलाई कस्तो लाग्यो ?

संबिधानसभा अन्तर्गतको राष्ट्रहित संरक्षण समितिले अठार बर्षमाथिका सवै नागरिकलाई अनिवार्य सैनिक तालिम दिनुपर्ने प्रस्ताव गरेको छ । एमाले, कांग्रेस लगायतका दलले सैन्यवाद हावी हुने भन्दै उनीहरुले बिरोध जनाएका छन भने माओवादीसहितका केही दलले नेपाली सेनाको संख्या घटाएर सवै नागरिकलाई तालिम दिनुपर्ने प्रस्ताव गरेका छन् । तपाईको बिचारमा सवै नागरिकलाई सैन्य तालिम दिंदा मुलुकलाई के फाइदा हुन्छ ? अब बन्ने राष्ट्रिय सुरक्षा नीति कस्तो बन्नुपर्छ ?

सरकारी कामकाजको भाषा हिन्दी हुनुपर्ने मधेसवादी दलको माग जायज छ ?

संबिधानसभा अन्तर्गत सांस्कृतिक तथा सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समितिमा मधेसवादी दलहरुले हिन्दी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउनुपर्ने अडान राखेका छन् । तर नेपाली कांग्रेस, एमाले र माओवादीले भने नेपाली भाषालाई नै कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् । तपाईको बिचारमा नयाँ संबिधानमा कुन कुन भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिनुपर्ला ?

TITO SATYA-25

Tito satya -25 Part >>>> 1




Tito Satya -25 Parts >>>> 2



Tito Satya -25 Parts >>>> 3



Thanks Binod bro ( Canandanepal.net)

The Pawankali Show-28