U can watch Nepali show some sports hightlight as well as news from nepal and arroung the world.
August 1, 2009
लोकतन्त्रमा टुहुरो जलस्रोत
रामसार सीमसार महासन्धिमा दरएिको कोसी टप्पु वन्यजन्तु आरक्षको सिमाना खुम्च्याउने काम मुग्लानी इच्छाको भरमा हाम्रा सरोकारवाला वन, जलस्रोत र रक्षा मन्त्रलायलाई थाहै नदिईकन 'विदेशी प्रभुको सामु नझुक्ने' प्रचण्ड-वामदेव सरकारले ठाडो क्याबिनेट प्रस्तावद्वारा सुटुक्क गरेको यसै साप्ताहिकमार्फत गत साता खुलासा भयो । गत साता नै नेपाल र भारतका मन्त्रीहरूले तल्लो कोसीमा यस सन्धिले निम्त्याएको विपत्ति अवलोकन गरी सन्तुष्टि व्यक्त गरे ।
तर, यस विषयमा सिमाना मिचियो भनेर कालापानीमा खुकुरी नचाउने, सुस्तामा झन्डा फहराउने र टनकपुरमा आधा किलोमिटर नेपाली भूभाग मिचिएकामा बबन्डर मच्चाउनेदेखि लिएर विपक्षको ओहदा ओगटेकासम्म कसैले बोलेको सुन्नमा आएको छैन । जबकि, यसले अन्तरमि संविधानको धारा १५६ -२०४७ सालको धारा १२६) आकर्षण गर्छ । के त्यो धारा सँगसँगै नेपालको राष्ट्रिय स्वाभिमान लोकतान्त्रिक बाढीले बगाएर लगेको हो त ?
विसं ०४६ को जनआन्दोलन र त्यसद्वारा ०४७ को संविधानको धारा १२६ नेपाली जलस्रोतलाई उपनिवेशीकरणबाट जोगाई स्वावलम्बी बाटोतर्फ डोर्याउने सशक्त संस्थागत औजार थियो । जलस्रोत विकासका योजनाहरू संसद्मा पेस हुनुपर्ने र व्यापक गम्भीर र दीर्घकालीन खालका भए राष्ट्रिय सहमति आवश्यक हुनुपर्ने अत्यन्तै प्रजातान्त्रिक व्यवस्था यस प्रावधानले गरेको थियो । नेपालमा कमजोर शासन भएका बेला आफू अनुकूलका योजनाहरू थोपर्न सफल मुग्लानी साहूलाई यो प्रावधान मन नपर्ने त थिँदै थियो, पारकिो साहूलाई खुसी पारी सत्तारोहण गर्ने हाम्रै नेता र आर्थिक वृद्धिदरले उतै लगानी गरे बढी फाइदा देख्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थानहरू र तीसँग हिमचिममा रहेका विकासे व्यापारीले पनि यसलाई रुचाएनन् । फलस्वरूप धारा १२६ तुहाउने खेल महाकाली सन्धि हुनुअगावै प्रारम्भ भइसकेको थियो ।
महाकाली सन्धि जबरजस्ती दुईतिहाइ बहुमतले पारति त गरयिो तर गलत ढंगले गरेको हुनाले त्यो अचेत अवस्थामै रही दसवर्षे आयु काट्यो । सीमा नदीको हैसियत, नेपालको पानी अधिकार जम्मा चार प्रतिशतसम्ममा सीमित हुनसक्ने खतराजस्ता सन्धिका अन्योल र विसंगतिहरूलाई नसच्याई एकतर्फी ढंगले संकल्प प्रस्तावमार्फत त्यसको पुनःव्याख्या गरयिो । अध्ययनपछि सन्धि गर्नुको सट्टा सन्धिपछि अध्ययन गर्ने भनियो । त्यो पनि विवादास्पद व्याख्याभित्र रही, जसले गर्दा सन्धिमै तोकिएको अध्ययन पनि हुन सकेको छैन । अब त सन्धिले तोकेको दसवर्षे आयु पनि सकिएकाले तीन वर्षदेखि यो सन्धि मृतप्रायः छ । र, त्यसलाई पुनःजीवित गर्न जसरी अनुमोदन गरयिो, त्यसैगरी संसद्को दुईतिहाइ बहुमत चाहिन्छ । तर, त्यसका लागि आवश्यक चिन्तन, ढंग र इच्छाशक्तिको राजनीतिक खडेरी खासगरी ठूला पार्टीहरूमा रहेकाले क्यान्सर स्वरूपको यो दीर्घरोग नेपालमा रहिरहने छ ।
पारपिट्ट िभने 'हाइड्रोपोलिटिक्स्'को खेल जारी छ र हाम्रा कुर्सीको राजनीतिमा मात्र सीमित रहेका नेताहरू त्यसमा फस्दै गएका छन् । अरूको त कुरा छोडौँ, 'असमान महाकाली सन्धि खारेज गर' भनेर जनयुद्ध सुरु गर्ने माओवादीको भाषामा सत्तारोहणपछि 'पञ्चेश्वर अगाडि बढाउने' मधुरध्वनिहरू सुनिए । प्रचण्डको सरकारलाई विस्थापित गरेर आएको वर्तमान गठबन्धन सरकारले बजेटमा पञ्चेश्वर ब्यूँताउने प्रावधान राख्दा प्रतिपक्षी माओवादी बोल्दैन । प्रतिष्ठित पत्रकार र नागरकि अगुवाहरूले पनि महाकाली सन्धि विरोध गर्नेहरूलाई विरोधको सट्टा सहयोग गर्न सिक्ने सल्लाह दिइरहेका छन् । मानौँ, नेपालको गाउँ डुबाएर मुग्लानका फाँट सित्तैँजसोमा सिँचाइ गर्ने योजनाको विरोध गर्दा 'खोक्रा राष्ट्रवादीहरू ! करणी अवश्यंभावी भएकाले मोज गर्न सिक' भनेझैँ लाग्छ ।
यस्तो सोचाइमा परविर्तन कहिले र कसरी आयो भन्ने अनुसन्धान गर्दा बहुमत प्राप्त नेपाली कांगे्रसको सरकार हाँकिरहेका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चैत ०५६ मा जबरजस्ती अपदस्थ गरेको घटनासँग जोडिन पुग्छ । कुनै कसुर नगरेका, बरु जसको नाममा कांग्रेसले चुनाव जित्यो, तिनैलाई प|mान्सको आसन्न औपचारकि भ्रमणसमेत रद्द गर्न लगाई किन हठात् निकाल्नुपर्यो ? यसबारेमा आजसम्म नेपाली जनतालाई नेपाली कांग्रेसले प्रस्ट्याउन सकेको छैन । त्यसपछि प्रधानमन्त्री भएका गिरजिाप्रसाद कोइरालाको कार्यकालमा दरबार हत्याकाण्ड भयो र उनी स्वयंले होलेरीमा ४१ प्रहरीलाई माओवादीले बन्दी बनाएको घटनालाई लिएर राजीनामा गरे । गणितीय बहुमतमा रहेको कांग्रेसले त्यसपछि एउटै संसद्मा तेस्रोचोटि प्रधानमन्त्री फेर्यो । आफ्नै सन्त सहयोगीको राजनीतिक घाँटी निमोठ्न संकोच नमान्ने र गएको चुनावमा आफ्नो पार्टीले नराम्रोसँग हार खेपेपछि महिनौँ पद नछोड्ने व्यक्तिले ४१ जना प्रहरीका लागि प्रधानमन्त्री पद त्यागे भनेर पत्याउन सकिँदैन ।
कुरा अब खुल्दैछ, जुन पछि गएर जलस्रोतसित जोडिन्छ । केही महिनाअघि सिंगापुरबाट पूर्वयुवराज पारस शाहले दरबार हत्याकाण्डबारे अन्तर्वार्तामा केही खुलाएका थिए । हुन त पारस भन्नेबित्तिकै नाक चेपर्याउने र मुन्टो बटार्ने धेरै छन्, सायद त्यही भावनाले गर्दा सो अन्तर्वार्ताको विश्लेषण नगरएिको होला । तर, हत्याकाण्डपछाडिका कारक तत्त्व देवयानी-ऐश्वर्य कटाक्ष, दीपेन्द्रले ०४६ को बहुदल घोषणा आत्मसात् गर्न नमानेको र सेनालाई हतियार खरदिबाट आउने कमिसन रहेको पारसले खुलासा गरेका छन् । पहिला दुई व्यक्तिगत मनोवैज्ञानिक भए पनि तेस्रोचाहिँ सार्वजनिक चासोको विषय हो । भट्टराईको अपदस्थी, कोइरालाको अपत्यारलिो राजीनामा र त्यसपछिका प्रधानमन्त्री शेरबहादुर देउवा दक्षिण अपि|mका प्रस्थान गरेका भए पनि हतियार किनमेललाई लिएर बेल्जियममै हराउनु रहस्यमय घटनाहरू हुन् ।
यी घटनाहरू जनआन्दोलन-२ को प्रारम्भसित जोडिएको थप प्रमाण एक राष्ट्रिय पत्रिकामा उजागर गरएिको छ, जहाँ दाबी गरएिको छ कि ०६१ सालमा गिरजिाप्रसाद कोइराला चीन भ्रमण सकी काठमाडौँ नफर्की सोझैँ दिल्लीतर्फ हानिएका थिए, जहाँ भारतीय संस्थापन पक्षले आफ्नो पहलमा उनलाई पहिलोपटक विद्रोही माओवादी नेताहरूसँग भेटघाट गराएको थियो । स्मरणीय तथ्य केे छ भने त्यसबखत प्रधानमन्त्री -उनीपछिका) देउवा नै थिए, जो संकटकाल लागू गराएर विद्रोहीसँग युद्ध गर्दै थिए र भारतले पनि माओवादीलाई आतंककारी घोषित गरेको थियो । यस हिमचिमले केही समयपछि १२ बुँदे दिल्ली समझदारीको रूप लियो । अन्य भाषामा 'टि्रसन' भनिने यो कार्य पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिले विदेशीको अगुवाइमा किन गरे भन्ने प्रश्न अगाडि आउँछ । र, सबैभन्दा सरल 'हाइपोथेसिस' त्यही हुन्छ, जसले सबैभन्दा धेरै अथ्र्याउँछ, त्यो हो- एक कांग्रेस नेताको भाषामा, जोसित जे सम्झौता गरेर भए पनि सत्तारोहण गरी छाड्ने अठोट ।
यस अठोटसँगै जन्मेको सात पार्टीको एकता र माओवादीसँगको १२ बुँदे समझदारीमार्फतको सहकार्यलाई सहयोग गर्न अघोषित रूपमा मुग्लानी सर्तनामा तीनवटा थिए । पहिलो, ३० लाखलाई नागरकिता दिने । यस मामिलाबारे प्रमाणित तराईका बासिन्दालाई नागरकिता दिन कसैको आपत्ति नभए पनि प्रसस्त भारतीयहरूले नागरकिता लिए, खासगरी पश्चिममा पिलिभितदेखि पूर्वमा सिलिगुडीसम्मका अपराधी तत्त्वहरूले । यसले नेपालको राजनीतिलाई उलटपलट गरेको विगतको चुनावमा देखियो र तराईमा बढेको आपराधिक क्रियाकलापले गर्दा उत्तरी भारतलाई समेत गाँज्ने देखिँदैछ ।
दोस्रो सर्तनामा सुपुर्दगी सन्धि थियो । तर, सन्धिबिना नै र अदालतको आदेश नमागीकनै हाम्रा नेताहरू जोसुकैलाई पनि सुम्पिन तँछाडमछाड गररिहेको स्िथतिमा सन्धि नभईकन पनि स्वतन्त्र नेपालले मुग्लानलाई अपूर्व सेवा पुर्याइरहेको स्िथति छ ।
तेस्रो सर्तनामा जलस्रोत रहेको देखिन्छ । यसको पहिलो प्रमाण पुनःस्थापित प्रतिनिधिसभाले दियो । '२ सय ३८ वर्ष'को अस्ितत्व मेट्ने गरी पारति ऐनहरू राजाबाट लालमोहर लगाउन नपर्ने व्यवस्था गर्न संसद् नियमावली फेरयिो । तर, सँगसँगै दफा १३६, २३० र २३२ का प्रावधानहरूले 'सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुईतिहाइको उपस्िथतिमा उपस्िथत सदस्य संख्याको दुईतिहाइ बहुमतबाट स्वीकृत भएमा विधेयक पारति भएको मानिने छ' भनेको छ । अर्थात्, बहुमतमा चल्ने लोकतान्त्रिक पद्धतिमा जाबो ४४ प्रतिशतले जलस्र्रोत मुग्लानी साहूलाई सुम्पिन सक्ने भयो । यसै व्यवस्थामा माओवादी पनि सम्मिश्रति हुन आयो र सरकारमा गएपछिका क्रियाकलापले जनआन्दोलन-२ को समर्थनका लागि साहूले तेस्र्याएका सर्तनामाहरू शिरोधार्य गरेको प्रमाणित गर्यो ।
माओवादी सम्मिलित सरकारले नेपाली विद्युत् प्रणालीलाई अत्यावश्यक अरूण-३, माथिल्लो कणर्ालीजस्ता 'साइट'हरू नेपाल र नेपाली उद्योगधन्दालाई नभई विदेश निर्यात गर्नाका लागि दान गरििदयो । पुनःजीवित प्रतिनिधिसभामा पश्चिम सेती आयोजनाबारे ढिलै भए पनि बहस चल्यो र नेपालले सित्तैँमा पाउनुपर्ने १० प्रतिशत बिजुली नै पाउनुपर्ने भन्ने स्वागतयोग्य निर्णय गर्यो । तर, त्यो निर्णय न त्यसबखतको माओवादी सम्मिलित कांग्रेस नेतृत्वको सरकारले कार्यान्वयन गर्यो, न त्यसपछिको माओवादी-एमाले सरकारले । उल्टै अस्ट्रेलियाको लाइसेन्सवाला कम्पनीसँग भएको विद्यमान सहमतिबमोजिम नेपालले एक थोपा पानी र बिजुली नपाउने यस योजनामा नेपाल सरकारले चर्को ब्याजदरमा साढे चार करोड अमेरकिी डलर लगानी गर्ने भएको छ । मुलुकले भोगिरहेको चर्को लोडसेडिङ् अन्त्य गर्न भने त्यस्तो कुनै जोहो तीनैवटा लोकतान्त्रिक सरकारले गरेका छैनन् । त्यसैले पारकिो साहू मात्रै नभई समुद्रपारकिा साहूहरू पनि यस्तो राजनीतिक परपिाटीसँग खुसी नै हुनुपर्छ ।
अहिले कणर्ाली आयोजनाबाट उत्पादन हुने १० हजार मेगावाट बिजुली स्याटेलाइटमार्फत चीन पठाउने भन्ने व्यक्ति नेपालको प्रधानमन्त्री पदमा आसन्न छन् । उनी भर्खरै मात्रै इजिप्टमा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिएर स्वदेश फर्केका छन् । त्यस आन्दोलनले प्रतिपादित गरेको स्वावलम्बी अर्थराजनीतिक विकास उनले कति आत्मसात् गरे, आगामी दिनहरूले बताउलान् ।
तर, अहिलेसम्मको लोकतान्त्रिक सरकारहरूको क्रियाकलाप हेर्दा आश गर्ने ठाउँ कमै देखिन्छ । लोडसेडिङ् जारी नै छ र आउने हिउँदमा दिनको छ घन्टा मात्र बिजुली पाइने समस्या टड्कारो अगाडि छ । विद्युत् संकटकाल घोषणा त गरयिो तर त्यस अनुरूप कुनै काम भएन, पुष्पकमल दाहाल टोलीको नर्वे र फिनल्यान्ड भ्रमणबाहेक । भारतबाट बिजुली आयात गर्ने भनिन्छ तर भारतमै १० हजार मेगावाटको कमी छ र चार सय किलो भोल्टको प्रसारण लाइन बनाउनै दुई वर्ष लाग्छ, त्यो पनि भारतले चासो राखेमा । विद्युत् महसुलमा संरचनागत सुधार र समायोजन नभएको नौ वर्ष भयो । विद्युत् व्यवस्थापनमा सुधार ल्याउन नयाँ ऐन आवश्यक छ तर यसअघिको सरकारले पेस गरेको विद्युत् ऐन यति त्रुटिपूर्ण छ कि त्यसको फेहरस्ितमै सात-आठ पृष्ठ खर्च हुन्छ । सबैभन्दा डरलाग्दो कुरो त्यो प्रस्तावित ऐन त्यही रूपमा पारति भए जलविद्युत्मार्फत नेपाल उपनिवेश बन्ने पक्का छ । र, साम्यवादी-समाजवादीहरूले स्वतन्त्र राष्ट्रलाई उपनिवेश बनाएको हेर्दा विश्व नै छक्क पर्नेछ । जलविद्युत्का कतिपय योजनाहरू पानीका मुद्दासँग अभिन्न सरोकार राख्छन् तर जलस्रोत मन्त्रालयलाई ऊर्जा र सिँचाइ भनी दुई भिन्दाभिन्दै मन्त्रालय बनाइएको छ । यो काम कुनै विषयवस्तुको कारण नभई विशुद्ध पार्टी कार्यकर्तालाई मन्त्रीको कुर्सी दिलाउन र पार्टीहरूलाई भागबन्डा मिलाउनका लागि भएको छ । अब पञ्चेश्वर, कोसी, कणर्ालीजस्ता बहुउद्देशीय योजनाबारे कुन मन्त्रालयले मुग्लानी सरकारसँग कुरा गर्ने ?
यस्तो परििस्थतिलाई अनुभूत गरेर मर्माहत हुने यो देशलाई माया गर्ने मात्र हुन्छन्, अरू भने संकटकालमा यस्तै हो भनेर चित्त बुझाउन सक्छन् । जबकि, देश संकट अन्त्य हुनेतर्फ नगई महासंकटतर्फ रफ्तारएिको भान हुँदैछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment