July 12, 2009

युवतीका छोटाछोटा पहिरन


ललितपुरको खुमलटारस्थित हृवाइट हाउस कलेज परिसरमा घेटिएकी थिइन् विभुषा पौडेल । जो छोटो स्कर्टमा सजिन मन पराउँछिन् । 'सजिलो हुन्छ', उनले भनिन्, 'आफैंलाई पनि हल्का महसुस हुन्छ ।'
त्यही भएर उनी कलेज जाँदा सधँै सकर्ट लगाउँछिन् । ड्रेसमा पाइन्ट पनि छ, तर उनले सुनाइन् , 'साथी, शिक्षक र अपरिचितलाई सजिलै प्रभाव पार्न पनि फेसन गर्नु परेन ?' 'प्रभाव पार्ने' कुरा कालो रङको स्टकिङ
-स्ल्याक्स) बाहिर छोटो स्कर्ट लगाउने उनै जानुन् । कि उनकै कलेजले जानोस् ।

एनको सर्ट पनि उत्तिकै टिमिक्क थियो । खुट्टामा बान्की परेका जुत्ता, पिठ्युँमा लपक्क टासिने ब्याग र कानमा आइपोडको ठोसो । उनीसँगका यी सबै समानको मूल्य कति हुँदो हो ? छुट्टीका दिन काठमाडौंका सुपरमार्केटमा सपिङजाने किशोरी बोलिन्, 'सबै सामग्रीको मूल्य जोड्ने हो भने सात हजार पुग्ला ।'

पूर्वको कुनै एउटा गाउँबाट केही दिनअघि घुम्न तथा आन्तरिक काम मिलाउन मन्दिरै मन्दिरको सहर काठमाडौं आएका सरकारी नोकरी गर्ने एकजना अधवैंशे जावलाखेलस्थित आफन्तको डेरामा आश्रय लिनपुगे । गाउँमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएपछि अभिभावकले खर्च जुटाएर राजधानीको एउटा नाम चलेको उच्च माविमा पढ्न आएका भाइ भतिजाको दुई कोठे डेरामा केही दिनको पाहुना हुनपुगेका थिए उनी । दिनभर आफ्नो काममा दौडधूप गर्‍यो, बेलुका आफन्तको डेरा आएर खाना खायो, एकछिन गफगाफ गरेर ओछ्यानमा पल्ट्यो । काठमाडौंको अस्थायी बसोबासको दैनिकी यसैगरी बित्दैथ्यो उनको ।

एकदिन सिंहदरबार छिर्नुपर्ने भएकाले ती कर्मचारी बिहानैदेखि कागजात तम्तयार पारी आफूलाईसमेत चिटिक्क पार्न व्यस्त थिए । नुहाइधुवाई सकेपछि महाराजगंजस्थित क्याम्पियन कलेज जान लागेका भतिजालाई उनले सोधे, 'आज मन्त्रालय जानुपर्ने भएकाले अलिक हेन्डसम हुनुपर्नेछ, भतिज केश कोर्नलाई काइँयो पाउँ ।' कलेजको ड्रेस लगाइसकेर झोलामा पुस्तक कापी हाल्दै गरेका भतिजले काकालाई भने, 'आफ्नो केशमा काइँयो नपरेको वर्षदिन नाघ्यो, कोठामा काइँयो कहाँबाट हुनु ।' म्यानेजमेन्ट विषय पढ्दै गरेको भतिजको कुरा उनलाई अनौठो लाग्यो । कोठाबाट नजिकैको सैलुन गएर केश कोरे अनि लागे सिंहदरवारतर्फ ।

राजधानीका कलेज पढ्ने हजारौं विद्यार्थी र अघिल्लो पुस्ताका अभिभावकबीच फेसनका सन्दर्भमा देखिएको यस्तो प्रसँग अहिले मोफसलमा पनि उत्तिकै बढ्दो छ । म्युजिक भिडियो, सिनेमा, इन्टरनेट आदिमा पहुँच राख्ने नयाँ पुस्ताका विद्यार्थीले अचेल कलेजमा आफूलाई अरूभन्दा फरक र स्टाइलिस पार्न नौला नौला तरिका अपनाउँदै आएका छन् । कुनै बेला कलेज जानैलाई निकैबेरसम्म ऐनाअघि उभिएर तेल दलेर केश कोर्न समय खर्चिने तन्नेरीहरू अचेल हातैले केश मिलाउँछन्, काइँयो लगाउँदैनन् । फुटबलका अन्तर्राष्ट्रिय खेलाडी डेबिड बेक्ह्यामको जस्तै 'स्पाइक' स्टाइलको केश बनाउन केटाहरू अघोषित
प्रतिस्पर्धामा छन् ।

अब 'भविष्य राम्रो बनाउने' लक्ष्यसहित कलेज पढ्ने केटीले गर्ने फेसनका कुरा गरौं । हलिउडकी गायिका बि्रट्नी स्पेयर्स, रिहाना आदिका गीतमा बन्ने म्युजिक भिडियो, सिनेमा आदिका प्रभावले बलिउड हुँदै नेपाल छिरेको फेसन पछ्याउन उनीहरूलाई केहीले छेेकेको छैन । बिहान झिसमिसे उज्यालो नहुँदै बिछ्यौना छोडेर बाथरुम छिरेर नृत्यकर्म सिध्याएपछि सुरु हुन्छ उनीहरूको फेसन

शंृखला । आफू पढ्ने कलेजको अनुशासन हेरिकन स्कर्ट लगाउनुपर्ने हो कि पेन्ट, त्यसमा सजिन थाल्छन् उनीहरू । स्कर्ट जतिसक्दो छोटो भए लाउन पाए हुन्थ्यो भन्ने चाहना मनमा राख्ने केटीहरू पेन्ट टाइट, टाढाबाट हेर्दा आकर्षक होस् भन्ने चाहन्छन् ।

'रफ एन्ड टप' जमानामा विश्वास गर्ने टीनएजका विद्यार्थी अचेल कोरियन संस्कृतिबाट उत्तिकै प्रभावित हुँदैछन् । केटाहरू चिसो केशलाई तेल वा जेल लपक्कै दलेर कानतिरको भाग त्यतिकै छोडी अगाडि अर्थात बीचको भाग माथि उठाउँछन् । केही कलेजका केटीमा पनि यस्तो प्रभाव देखिन्छ । 'कोरियन स्टाइलको केश बनाउन खासै खर्च पनि लाग्दैन, कोर्नु नपर्ने भएकाले समय पनि बर्बाद हुँदैन' डिल्लीबजारस्थित नेशनल इन्टिग्रेटेड कलेज -एनआईसी) अध्ययनरत मुकेश शाक्यले भने 'झट्ट हेर्नेलाई नराम्रो देखिए पनि साथीभाइ सबैले मन पराउँछन् ।' यस्तो स्टाइलको केश बनाउँदा बारम्बार सैलुन जानु नपर्ने भएकाले पैसासमेत बचत हुने उनको विचार छ ।

नेपाली र हिन्दीमा रिमिक्स गरिएका गीत आइपोडमा सुन्दै व्वाइप|mेण्डको मोटिफाई गरिएको मोटरसाइकलमा पछाडि लपक्कै टाँसिएर बस्ने विद्यार्थी केटीहरूलाई फेसन गर्दा हरेक दिन निकै समय लाग्छ । 'आइरन गरेको स्कर्ट, सर्ट मात्र लगाएर हुँदैन' मैतीदेवीस्थित युनिभर्सल कलेज अध्ययनरत युनिषा लामाले भनिन् 'कपडाअनुसार गाजल, जुत्ता, व्यागको समेत कलर मिलाउनुपर्दा टाइम त लागिहाल्छ नि ।' राजधानीका कलेज पढ्ने केटीहरू अचेल ब्युटीपार्लरमा केशलाई सयौं रुपैैयाँ खर्च गरी स्ट्रेर गरेर हाइलाइटसमेत गर्छन् । नीलो, पहेंलो, रातो, हरियो आदि आफ्नो रोजाइका रङले केशको केही केस्रा रङ्ग्याएर कलेज जाँदा त्यस्तो फेशन नगर्ने अरु साथीहरूभन्दा आफू भिन्नै खालको महसुस हुने बताउँछन् उनीहरू । फुर्सदमा स्वीमिङ र हाइकिङ जान रुचाउने कलेजका केटीहरू बलिउडको 'पुसिक्याट डल' ब्यान्डका गीत सुन्न उत्तिकै हत्ते गर्छन् । फेसनतर्फ बढी आकषिर्त हुनेहरू कडा अनुशासन भएका कलेजभन्दा ओपन ड्रेसलाई मान्यता दिने कलेज अध्ययन गर्न रुचाउँछन् । त्यही भएर माइतीघरस्थित सेन्ट जेभियर्स कलेजका विद्यार्थी अरू कलेजका भन्दा भिन्न देखिन्छन् । 'ओपन ड्रेस भएकाले मन लागेको लाउन पाइन्छ,' नीलो जिन्सको टाइट हाफ पेन्टमा झोला बोकेर फुत्रुक-फुत्रुक कलेजको सिंँढी उक्लिंदै गरेकी विन्दु शेरचनले भनिन् 'कतिसम्म खुल्ने भन्ने कुरा विद्यार्थी आफैंमा डिपेन्ड हुन्छ, धेरै सर्मिन्दा हुनुपर्ने खालका लुगा कसैले लगाउँदैनन् ।'

समाज आधुनिकतातर्फ प्रवेश गर्दै गरेको अवस्थामा आफूतर्फ विद्यार्थी आकषिर्त गर्न कलेजहरूले पनि फेसनलाई सकारात्मक रूपमै लिने गरेका छन् । 'टन्न पैसा तिरेर भर्ना भएका विद्यार्थीले राम्रो पढेर परीक्षामा राम्रै नतिजा ल्याए भने भैहाल्यो नि' म्यानेजमेन्ट पढाइ हुने ललितपुरको एउटा कलेजका पि्रन्सिपलले भने, 'कलेजले तोकेको ड्रेस छोट्याउनु वा लम्याउनु त विद्यार्थीको खुसीको कुरा हो ।' केटाले लगाउने सामान्य खालको सर्ट पेन्ट बढीमा एकहजार र केटीको पेन्ट सर्ट पनि त्यति हाराहारीमै तयार हुन्छ । स्कर्टको मूल्यचाहिँ कपडा र डिजाइन हेरर घटीबढी हुनसक्छ । ब्याग, बेल्ट, जुत्ता, मोजाका सन्दर्भमा कतिपय कलेजले पैसा लिएर आफैंले उपलब्ध गराउँछन् भने धेरैजसोमा विद्यार्थीले नैं किन्नुपर्छ । आफूले पढ्ने विषय जुनसुकै होस् र कलेज समय पनि मिलोस नमिलोस्, प्रायः विद्यार्थी केटाहरुको मिल्दो विशेषता भनेको 'क्लास अफ' भएका बेला नजिकैका क्याफे छिर्नु हो । जागिरे भए आफ्नै कमाइको नत्र अभिभावकले दिएको पैसाबाट क्याफेमा गफिंँदै चिया र चुरोट तान्नु अर्को फेसननैं भएको
छ । 'कतिपयले तलतल मेट्नैलाई चियाका साथमा चुरोट उडाउँछन् अनि
कतिपयचाहिँ साथीको भनाई टार्न नसक्दा' बानेश्वर क्याम्पस नजिकैको एउटा
क्याफेमा भेटिएका सुनील आचार्य भन्दैथिए 'कलेजमा दुई चार सर्को चुरोट नतान्ने केटाहरू भेट्नै मुस्किल पर्छ ।' पढाइ नभएका बेला केटीहरूचाहिँ कि एकठाउँ भेला भएर गफ चुट्न व्यस्त हुन्छन् भने कोही आइसक्रिम खान जान्छन् । अचेल केटाजस्तै चियासँगै चुरोट तान्ने पनि देखिंदैछन् ।
बलिउडको रक ब्यान्ड 'लिंकन पार्क',
गि्रन डे', 'मेटालिका' आदिका गीत सुन्दै

कलेज धाउने केटाहरू आफ्नो मोटरसाइकलका पछि भरसक गर्लप|mेन्ड राखेर शहर फन्को

मार्न रुचाउँछन् । 'गर्लप|mेन्ड नभए कसैले लिफ्ट माग्यो भने केटाभन्दा केटीले

लिफ्ट पाउने सम्भावना बढी हुन्छ' नाम नबताउने एक विद्यार्थीले रातो पल्सर स्टार्ट गर्दै भने, 'केटी साथी राख्न पाइयो भने पढाइको थकाइ मेटिन्छ ।' नाडीमा ठूल्ठूला चुरा, कानमा लामा लामा रिङ, आँखामा गाजलसंँगै स्याडो लगाएका कलेज पढ्ने कतिपय केटीहरू त विद्यार्थीभन्दा पनि मोडलजस्ता देखिन्छन् ।

'दुनियाँ नैं फेसनमा लाग्दै गरेका बेला' मीनभवनस्थित भीएस निकेतनबाट बाहिरिँदै गरेकी सिर्जना पराजुलीले भनिन 'इज्जत जोगिनेगरी फेसन गर्दा केही फरक पर्दैन ।'

No comments:

Post a Comment